चार महिनामा पनि पाउन सकेन मन्त्रिमण्डले पूर्णता

राजनीति समाचार

प्रचण्ड सरकारबाट केही राम्रो कामको थालनी
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको पनि चार महिना नाघिसकेको छ । त्योसँगै प्रधानमन्त्री प्रचण्डले उपनिर्वाचन पनि सम्पन्न गरिसकेका छन् । तर, प्रचण्डको नेतृत्वमा बनेको सरकारमा अहिलेसम्म मन्त्रिमण्डले पूर्णता पाएको छैन । र, यो सरकारमा मन्त्रिमण्डलले कहिले पूर्ण पाउने भन्ने एकिन छैन । अहिले उपचिर्वाचनबाट निर्वाचित भएर आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मन्त्रिमण्डलमा सामेल गराउने खेलोफड्को पनि गरिराखेका छन् ।

यदि प्रधामन्त्री प्रचण्डले रास्वपाका सभापति रवि लामिछानेको पार्टीलाई पुरानै मन्त्रालय दिनुपरेको खण्डमा केही मन्त्रीहरुको हेरफेर हुने देखिन्छ । त्यसमा पनि थोरै मन्त्रालय माओवादीको भाग पर्ने देखिन्छ । यो खेलोफड्कोले सार्थकता पाउँछ कि पाउँदैन त्यो आजसम्म एकिन भइसकेको छैन । तर, प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री हुँदा ११ दलको समर्थन पाएका छन् । यी ११ दलले प्रधानमन्त्री प्रचण्डलाई कहिलेसम्म साथ दिने हुन् त्यो पनि स्पष्ट छैन ।

तर, यतिबेला ११ दलको समर्थनमा बनेका प्रधानमन्त्री प्रचण्डले केही राम्रो काम गर्न थालेको चर्चा पनि गर्न थालिएको छ । त्यसमा तत्कालीन सरकारहरुले शैक्षिकसत्र सकिएर जाँच हुने बेलामा समेत नेपालका दूर्गम ठाउँका विद्यालयहरुमा पठनपाठन गर्ने बालबालिकाहरुले किताब पाएका थिएनन् । तर, अहिले प्रचण्ड नेतृत्वको सरकारले भने शैक्षिक सत्रा सुरु हुनुभन्दा अगाडि नै सबै ठाउँमा किताब पु¥याएको बताइन्छ । त्यस्तै परराष्ट्र मन्त्रालयअन्तर्गत पासपोर्ट वितारणको व्यवस्थापन सहज भएको भनिन्छ ।

त्यसैगरी विदेशमा उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थीहरुलाई नो अब्जेक्सन लेटर (एनओसी) सहज रुपमा प्राप्त गर्ने वातावरण पनि बनाइएको बताइन्छ । अर्को आर्थिक गतिविधिलाई लिएर विगत लामो समयदेखि रोकिएका जग्गाको कित्ताकाट पनि खुलाउने तरखरमा छन् । अर्को राजश्व प्रशासनमा पनि केही सुधारका काम भएको बताइन्छ । त्यस्तै ऋणीहरुका लागि बैकिङ्ग क्षेत्रको ब्याजदर पनि घाइएको छ ।

रोजगारी र अध्ययनको लागि विदेश गएका नेपालीहरु विरामी हुँदा तुरुन्तै सम्पर्क गरी औषधि उपचार र उद्दारको कामको थालनी भएको पनि पाइन्छ । त्यस्तै वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिन पनि केन्द्रमा नधाइ गाउँपालिकाबाटै पाइने व्यवस्था मिलाइएको छ । त्योसँगै कतिपय बिचौलियाहरुले गर्ने काम पनि कम भएको छ ।

सर्वसाधारण जनतासँग प्रत्यक्ष जोडिएका यी र यस्ता समस्याहरु अहिले केही हदसम्म समाधान हुँदै गएका छन् । मन्त्रिमण्डलले पूर्णता पाएपछि प्रधानमन्त्रीको काम अझ सुध्रिएर जाने हो या पहिलाकै रफ्तार अधोगतितिर जाने हो भन्दै पार्टीका केही नेताहरुले चिन्ता व्यक्ति गर्न थालेका छन् । तर, प्रधानमन्त्री प्रचण्डलाई आफ्नै पार्टीभित्रका आसेपासेबाट समस्या पारिँदै गरेको बताइन्छ । प्रधानमन्त्री प्रचण्ड पनि के कम आफ्नो पद जोगाउन विभिन्न प्रतिपक्षी दलहरुलाई सकभर खुसी पारेर सत्ता लम्याउन माहिर छन् ।

प्रधानमन्त्री प्रचण्डले देशमा केही राम्रा कामको थालनी गरे तापनि छिमेकी मुलुक भारत भ्रमण जाने इच्छा देखाउँदा भारत सरकारले आफ्नो देशमा चुनाव भइरहेको बहाना पारेर इन्कार गरिरहेको छ । प्रचण्ड भारत भ्रमणको इच्छा देखाउँदा पनि भारत सरकारले नबोलाउँदा प्रचण्डलाई विश्वास नगरेको हो कि भन्ने विश्लेषकहरुको आँकलन छ ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *