रैथानेविरुद्धको विद्रोह

राजनीति समाचार

काठमाडौं । राष्ट्रका समस्यातर्फ कसैलाई चासो छैन । ठूला दल कांग्रेस, एमालेलाई धोका दिँदै चितवन र तनहुँका सचेत जनताले रविको पार्टी रास्वपालाई भोट दिएर आफ्नो निर्णय गरे । रैथाने ठूला दलका खान्दानी शैलीका नेताले जनताको सेवा गरेन । कार्यकर्तालाई दास, शुभेच्छुक तथा शुभचिन्तकलाई पार्टीको हुनमान ठान्ने जमिन्दारी शैलीको प्रतिकार गर्न जनता सक्षम छन् भन्ने त उपनिर्वाचनमा देखियो ।
योजना सबैका छन् । तर सरकारमा जाँदा प्रगतिशील कार्यक्रम ल्याउँदैनन् ।

कृषकको व्यावसायिकरणले नेपालको उत्पादन नेपालमै खपत गराउन सक्छ । सरकारका निकायले समयमा कृषिका समस्या समाधान गर्ने होभ ने बिचौलिया हावी हुने स्थान रहँदैन । नेपालमै कृषि मल कारखाना बन्ने हो भने काठमाडौंको फोहरको लडाँइ हुँदैन । कृषि निर्भर प्रणालीलाई परनिर्भर बनाउने गलत व्यवहार दलहरुले देखाएका कारण समयमा मल नपाउने बिउ नपाउने अवस्था आएको हो । सरकार जनमुखी नीतिमा सचेत छैन ।

समस्या झांगिने जनताले दुख पाउने अवस्था सबैतिर छ । स्वास्थ्य, शिक्षा, रोजगार, कृषिजस्तो क्षेत्र प्रगतिशील शैलीको भए पो जनताले परिवर्तनको महसुस गर्छ । कम्युनिष्ट र कांग्रेस कुर्सी र सत्ताकै लागि भिडेका छन् । जनताले तिनलाई भोट दिइरहने हो ? अति भएपछि खति हुन्छ । एमाले र कांग्रेसले गरेको अत्याचारबाट दिक्क भएर जनताले रास्वपा, जनमत, राष्ट्रिय उन्मुक्ति पार्टी छान्न थालेका हुन् । रैथाने सामन्तभन्दा नयाँ जोसका भेगिय राजनीतिले ठाउँ पाउनुको कारण लोकतन्त्रमा सामन्तवादी विरुद्धको विद्रोह हो । त्यो विद्रोहले सबैलाई छुन्छ ।

सत्ताको लागि जे पनि गर्ने नेतृत्वलाई सँधै बोक्नुपर्छ भन्ने हुँदैन । अहिले सर्वपक्षीय सहमति कसैको कसैप्रति छैन । कांग्रेसमै ठूलो भन्छ, एमाले समानुपातिकमा कांग्रेसभन्दा २ सिट बढी ३४ ल्याएर भुँई न भाँडाको भएको छ । १८ सिट प्रत्यक्ष, १४ समानुपातिक भएको नेकपा माओवादी सत्ताको साँचो आफ्नै भन्छ । यिनै रैथाने सामन्तहरुलाई चुनौती दिने विदेश बुझेर आएका विदेशकै नागरिकहरु नेपालको राजनीतिको दुर्गन्ध हटाउन चाहन्छन् ।

उनीहरुसँग विचार छैन, नीति र सिद्धान्त छैन । त्यस्ता कुरा जनताले बुझ्दैन । जनतामा कांग्रेस, एमाले, माओवादी र मधेसवादीको शैली ठिक छैन । त्याग र निष्ठाका कुरा कसैमा छैन । दलाली गरेर पद कब्जा गर्ने, चाकडी गरेर अपराधबाट बच्ने दलीय व्यवस्थाले नेपाल ध्वस्त भएको छ । राजा फालेर ल्याएको गणतन्त्रमा मौलाएका छोटे राजाको कद बचाउने कांग्रेसले डा.रामवरण यादवको औषधि उपचारको नाममा जसरी राज्य दोहन ग¥यो । रामचन्द्र पौडेलबाट त्यस्तै गति भएको छ ।

उपचार नेपालमै हुने भएपछि छातीको पानी झिक्न भारत गएर राज्यको दोहन नगरे फरक पर्दैन । नेपालकै चिकित्सकले गर्न सक्ने उपचार भारत पुग्ने अवस्था किन आयो । संसदीय अभ्यासका विकृति लोकतन्त्रमा पनि रहने हो भने जनताले संविधानको रक्षा संसदको सुरक्षा गर्ने भनिएका दलहरुप्रति विद्रोह गर्नैपर्छ । यस्तो ब्रम्हलुट कुर्सीको लडाइँ गर्नेहरु स्वीकार्य हुन सक्दैन ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *