युवाको अपमान गर्दै नेपाली कांग्रेस

राजनीति समाचार

काठमाडौं । मंसिरमा सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ ५७, समानुपातिक ३२ गरी ८९ सांसद भएको नेपाली कांग्रेस संसदको ठूलो पार्टी भएपनि १ सिट गुमाएपछि ८७ सिटमा थन्केको छ । केन्द्रीय सत्तामा रमाउने तर संगठन विस्तार र सुदृढीकरण नगरेको कांग्रेसले समीक्षा गरेको छैन । युवा महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्माको कार्यक्षमताको मूल्यांकन कार्यकर्ताले गरिरहँदा युवा नेताहरु शंकर भण्डारी, प्रदिप पौडेल, ध्रुव वाग्ले, गुरु घिमिरे, महेन्द्र यादव, भुपेन्द्रजंग शाहीहरुको पनि जनताले मूल्यांकन गर्लान् ।

कांग्रेसको १४औं महाधिवेशन भएको १७ महिना भएको छ । गत मंसिरको चुनावको समेत समीक्षा गर्न नसकेको कांग्रेसले सरकारमा सहभागी मन्त्रीको नाम छनौट गर्ने काम गरेपछि देउवा विरोधी मोर्चाका महामन्त्रीद्वयले डा.शेखर कोइरालाबाट धोका भयो भनेका छन् ।
आदर्श र सिद्धान्तका चर्काे कुरा गर्ने तर आफ्नै टिमबाट २ जना छनौट गर्न नसक्ने डा. शेखर कोइराला पार्टीभित्र वरिष्ठता खोजिरहेका छन् ।

पहिले उपसभापति भएका विमलेन्द्र निधि, महामन्त्री भएका प्रकाशमान सिंहरुसमेत अवसरवादी हुन् । पार्टी भित्र राजनीतिभन्दा लुट नीति चलाउँदै आएकी डा.आरजु राणालाई सभापति केन्द्रीय सदस्य र समानुपातिक संसद मनोनित गर्दा असन्तुष्टी चर्किएको थियो ।

स्व.गिरिजाप्रसाद कोइरालाकी छोरी सुजातालाई जीवन अन्ततिर राजीतिमा ल्याए । केन्द्रीय सदस्य बनाए । तर डा.आरजुले आफु राजनीतिभन्दा समाज सेवा गर्ने भन्दै गर्दा पछिल्लो समय राजनीतिमै नाफा देखिन, केन्द्रीय सदस्य भइन । उनको हस्तक्षेपले देउवा बद्नाम भएका छन् ।

जिवन्त पार्टीमा लाग्ने व्यक्ति मन्त्री बन्ने राजनीति गरिन्छ । मन्त्रीका लागि भिडन्त हुन्छ । आजको अवस्थामा कांग्रेसलाई सबल बनाउन नेताहरु लागेका छैनन् । किनकी पार्टीका विभागले पूर्णता नपाउनु नेतृत्व भित्रको शक्ति संघर्ष बन्दैछ । कांग्रेस कुन अवस्थामा थियो, कसरी बचाउने भन्ने कुरा नेतृत्वमा युवा शक्तिको अग्रसरता हुन जरुरी छ । तर पुरानो मानसिकताले कांग्रेस राम्रो हुँदैन ।

कांग्रेसले मन्त्रीका लागि पठाएका तीन मध्येका स्वास्थ्यमन्त्री मोहन बस्नेत डा.आरजुका बहिनीज्वाईं पर्छन् । डिकबहादुर लिम्बु र धनराज गुरुङ डा.शेशर समूहका हुन् । यहीँनेर डा.शेखरले महामन्त्रीद्वय गगन र विश्वलाई धोका दिएका छन् । उनीहरु प्रदिप पौडेललाई मन्त्री बनाउन चाहन्थे ।(तामाकाशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *