भ्रष्टहरु फन्दामा पर्दै, नागरिक समाज चुप

राजनीति समाचार

काठमाडौं । नेताका छोराछोरीले सत्ताको रजाइँ गर्छन् नै । त्यसको उदाहरण रामबहादुर थापा, टोपबहादुर रायमाझीले खाएकै हुन् । संरक्षक केपी ओलीले पिडा सहनुप¥यो । सिंगै माओवादी नेकपामै छन्, एमाले नेकपाको विकसित रुप हो । अध्यक्षको यो प्रवचन कानमा घन्किरहेकै छ । नेताका पुत्रहरुको चालचलनले पिताहरु बद्नाम छन् ।

प्रकाश थापा, सन्दीप रायमाझी त देखिने पात्र मात्र हुन् । एनसेलको ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार राजस्वमा बाँकी रहेको ३९ अर्ब ६ करोड रकम नउठाएर कमिसनको भरमा मुलुकलाई घाटा लगाए । यो भ्रष्टाचारमा ठूला नेताहरुकै सहभागिता थियो । सरकारले स्मार्ट टेलिकमको २७ अर्ब उठाउन सकेको छैन । एनसेल २५ अर्बमा त्यसलाई स्वीकारेको भएपनि सरकारले माफियागिरीलाई बन्द गर्ने काम ग¥यो । २०३८ मा एनसेल कम्पनी सरकारको मातहतमा रहन्छ भनेको थियो । तर माफियाले सरकार ढाल्ने र बचाउने गर्छन् ।

यस्तै माफियाको जालो भुटानी शरणार्थी देखियो । आज बालकृष्ण खाँड, मञ्जु खाँड, डा.आरजु राणा, रामबहादुर थापा, टोपबहादुर रायमाझी सम्मलाई पोल्दैछ । एमाले अध्यक्ष केपी ओलीलाई आफ्नो दुई व्यक्तिको बिजोग भएकोमा चिन्तित् छन् । वाइडबडी, थामसेकु, सेक्युरिटी प्रेस, ओम्नी समुह, नेपाल ट्रष्ट, सगरमाथा राष्ट्रिय निकुञ्जजस्ता काण्ड छानबिन हुँदा आनन्दको सास फेर्न नपाउने केपी र ईश्वर पोखरेल हुन् । भ्रष्टाचार विरुद्धको अभियान चलाइँदा यी जेल जान सक्छन ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *