नक्कली भुटानी शरणार्थी काण्ड छताछुल्ल

राजनीति समाचार

काठमाडौं । भ्रष्टाचारविरुद्ध बोल्ने तर आफ्ना बचाउने अरुलाई जेल पठाउने र बद्नाम गर्नेहरुको अब दिन सहज छैन । आफ्नो च्यानल अख्तियारसम्म बनाएर लुटतन्त्रलाई संस्थागत गर्ने महासयहरुको छटपटीले धेरैको ध्यान खिचेको छ । एमाले अध्यक्ष केपी ओली दुईपटकसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग २÷२ घण्टाको समय लिएर भेट्न जानुमा झन् शंका बढाएको छ ।
एमाले सचिव टोपबहादुर रायमाझी पनि हराए । उनका पुत्र पक्राउ पर्दा भन् आशंका जन्मायो ।

ओलीलाई उपाध्यक्ष रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा.इन्द्रजित राई, सचिव टेकनारायण पाण्डेको नक्कली भुटानी शरणार्थी काण्डसँगको सम्बन्धले झस्काउन सक्छ । अख्तियार प्रमुख आयुक्तको पनि जोडिएको छ । एमाले सत्तामा हुँदा ५४ करोडको ओम्नी काण्ड, सगरमाथा राष्ट्रिय निकुञ्जको ७२ रोपनी जमिन भाडा काण्ड, नेपाल ट्रष्ट भाडा, बतास समूहलाई धर्मशालामा तारे होटल बनाउन दिने निर्णय, पशुपतिको सुनको जलप, वाइडबडीको भुक्तानी सेक्युरिटी प्रेसको ब्रम्हलुट जस्ता निर्णय गर्दा देशको ढुकुटी सिध्याएको आरोप एमालेमाथि लागिरहेको छ ।

संस्थागत भ्रष्टाचारमा एमाले सफल छ । भुटानी शरणार्थी नक्कली काण्ड नियोजित र कानूनी प्रक्रिया पु¥याएर गरिएको भ्रष्टाचारको पर्दाफास हुँदै गएको हो । एमाले अध्यक्ष केपी ओली यसको उदाहरण बन्दैछन् । कांग्रेस पहिलो एमाले दोस्रो भएका संसदीय अभ्यासमा एमालेले रवि लामिछाने रास्वपालाई प्रधानमन्त्री दिने हल्ला समाजिक सञ्जालमा व्यापक चर्चामा छ । उता, एमाले नेताहरु नक्कली भुटानी शरणार्थी सम्बन्धी ठगीमा पर्दा छट्पटाएका छन् ।

केपी ओलीले एमाले ७८, रास्वपाको २१ जोडेर बहुमत पुग्दैन । त्यहाँ जनमत पार्टीको ६ सिट जोडे पनि हुने १०३ जनाबाट बहुमत पुग्दैन । प्रधानमन्त्री बन्न १३८ सांसद आवश्यक पर्छ । रवि लामिछानेको नक्कली राहदानीविरुद्ध अदालतमा मुद्दा पर्दैन भन्ने हल्ला चिर्दै कानूनी विवाद पनि चर्कंदैछ । केही विज्ञहरुले भने रवि राहदानी मुद्दा उल्झने बताएका छन् । २१ सिटे पार्टीको प्रधानमन्त्री बन्ने दाउ ओलीको भड्काउमा रवि नरमाउन् भन्न थालिएको छ । अहिले ओली आफैं संकटमा पर्दैछन् ।

सरकारको सदासयतालाई तोड्ने काम रविले गरेका छन् । ओलीको गुटवादी शैलीमा पनि त्यो गुण छ । रविलाई समेत यसमा जोडिएको थियो । जनताले रविको संचारकर्मलाई स्वीकारेका थिए । उपप्रमको लर्काे किन प्रमज्यू भन्दै समाचार भट्याउने रवि आफैं चार जना उपप्रधानमन्त्रीको भिडमा रमाएका थिउ । प्रहरीमा राजनीति गर्नुहुन्न भन्ने कुरा रविले मात्र जानेका होइनन् । उनले ३३ किलो सुन र निर्मला पन्त बलात्कार पछिको हत्या छानबिन निष्कर्षमा पु¥याउने भनेका थिए । तर काम भएको थिएन । नेपालको संसदमा अमेरिकी दलालहरुको प्रवेश भएको छ । यही बेला भुटानी शरणार्थी काण्डले ठाउँ पाएको छ ।

भारतीय बिचौलियाका रुपमा कांग्रेस र एमालेका खाइलाग्दा नेता छन् । राष्ट्रघाती महाकाली सन्धी गरेर भारतलाई नेपालको सीमा मिच्न साथ दिनेमा नेकपा एमाले प्रमुख हो । कालापानी, लिपुलेक, लिम्पियाधुरामा भारतीय हेपा प्रवृत्तबढेको महाकाली सन्धी पछि हो । केपी ओलीले भारतले ठूलो हात्ती बनाउनुपर्छ त भन्छन् । तर इलामको मानेभञ्ज्याङमा एसएसपीले नेपालीको घर मर्मत गर्न नदिएको समाचार बारे इलाम गएका बेला पनि बुझेका छैनन् ।

रवि लामिछाने डा.स्वर्णिम वाग्लेहरुको सदनमा प्रवेश भनेको अमेरिकी दबदबा बढ्नु हो । २१ सिटे पार्टीले एमालेको आडमा प्रधानमन्त्री बन्ने चाहना राखेर जनमत पार्टीसँग वार्ता थाल्दा १४ सिटे राप्रपा त्यहाँ जोडिन्छ । ओलीको डिजाइनमा ११७ सांसद एक जुट भएपनि सत्ता पक्षसँग कांग्रेस ८८, माओवादी ३२, जसपा १२, एकीकृत समाजवादी १०, लोसपा ४, उन्मुक्ति ४, आम पार्टी १,प जनमोर्चा १ गरी १५२ सांसदको साथ सरकारलाई छ भन्ने ओली र रविले बुझेका छैनन् । जनमतको ६, रविको २० गरी २६ सांसदको सरकारलाई अहिले पनि साथ रहेको छ । ती हिँडेपनि सरकार ढल्दैन । नक्कली भुटानी शरणार्थीहरुको पोल खुल्दै जाँदा को सकिन्छ ?

मुलुक अस्थिरतामा गयो भने सरकारले काम गर्न सक्दैन । सत्ताको आडमा भुटानी शरणार्थी प्रकरणमा जोडिएका उच्च पदस्थ कर्मचानरी राजनीतिक दलका नेताको अपराध धमाधम प्रहरल्े अनुसन्धान गर्दैछ । टोपबहादुर रायमाझी पुत्र सन्दीप रायमाझी, रामबहादुर थापा पुत्र प्रतिक थापा, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे पक्राउ पर्नु अख्तियारका प्रमुख आयुक्त प्रेम राईको नामसमेत जोडिनुले सरकार बेथितिविरुद्ध आक्रमक छ भन्ने सन्देश हो । केपी ओलीको ४१ महिने सरकार भएका बेला भएका विकृतिको राप्रपाका ज्ञानेन्द्र शाहीले भण्डाफेर गर्न थालेका छन् । भ्रष्टाचार गर्नु आमाको रगत खानु बराबर भन्दै गर्दा विवादित ठेकेदार विक्रम पाण्डेलाई शहरी विकास मन्त्री दिँदा ५ करोड झ्वाम पार्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको समेत भण्डाफोर भएको छ । भ्रष्टहरुविरुद्ध सरकार निर्मम हुँदा ज्ञानेन्द्र शाही साइजमा आउनेछन् ।

रविले सांसद ढाकाकुमार श्रेष्ठको पद खोसे । ढाकाले रविको कोर टिमको भण्डाफोर गर्न बाँकी छ । गैरराजनीतिक झुण्डको विश्वास एमाले अध्यक्ष केपी ओली पर्नु भनेको उनको उद्देश्य भड्काउवाद नै हो भन्ने बुझ्नुपर्छ । रविको छलछाम गृहमन्त्री पदमै केन्द्रीत हुने भनेको राहदानी छानबिन नहोस् भन्ने हो । त्यो केशमा उनी दोषी नै छन् । नेपालको कानूनले वर्जित गरेको नागरिकताबाट पासपोर्ट लिने रविले आफु कति नै चलाख भएको देखाए पनि कानूनले त्यो गल्ती उधिनेकै छ ।

अहिले ओलीको उक्साहटमा सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकार ढल्दैन । रवि जनमट पार्टीले साथ छाडेपनि सरकारसँग स्पष्ट बहुमत छ भन्ने बुझ्न जरुरी छ । एमाले अध्यक्षको घमण्डले पुस १० को गठबन्धन भत्केको थियो । उनीमाथि भ्रष्टाचारीको संरक्षक भएको आरोप छ । ओलीको काम भनेकै आँफुले नपाएपछि अरुलाई असहयोग गर्ने परिपाटी चलाउने गरेका छन् । (तामाकोशीसन्देशबाट)

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *