युवा संघमा काण्डै काण्ड लागेका व्यक्ति

राजनीति समाचार

काठमाडौं । कुनै समय एमालेको भातृ संगठन युवा संघ भनेपछि भ्रष्टहरुको मुटु काप्थ्यो । तर यही संगठनलाई महेश बस्नेत एण्ड प्राइभेट कम्पनी बनाउँदा आज बदनामी कमाउने संगठन बन्न पुगेको छ । अब त स्थिती यस्तो आयो कि कसैको सन्तान विग्र्रए पछि ती युवा संघमा लाग्दछन् भन्ने दिन आयो । यस्तो किन भनिएको हो भने नेकपा एमाले निकट भातृसंगठनमा टिका लगाएर भित्राइएकाहरु कोही कर्तव्य ज्यान खेप्दैछन् । अनि कोही महिलामाथी हिंसा गरेको आरोपमा तारेक खेपिरहेका छन् ।

हालैमात्र एमाले निकट युवा संघले १० वर्षपछि महाअधिवेशन सम्पन्न ग¥र्यो । त्यहाँ महेश बस्नेतहरुले गोजीको मान्छेलाई टीका लगाए । गएका प्रतिनिधिहरु ताली बजाएर फर्किए । महेश बस्नेतको निजी कम्पनीको रुपमा रुपान्तरण हुँदै गएको युवासंघमा यसपटक उपाध्यक्ष सुवास नेम्वाङ निकट क्षितिज थेवेलाई अध्यक्ष र बालकोट निकट सुमन पुरीलाई महासचिवमा टीका लगाएर ल्याइयो । कास्की जिल्ला अदालतमा ज्यान मुद्धा चलिरहेका महेन्द्र गुरुङलाई उपमहासचिव बनाइएको छ ।

यस्तै ठमेलमा पुगेर मदिरा सेवन गरी कलाकारको पेटमा लात्ती बजार्ने बहादुरलाई केन्द्रीय सदस्य बनाइएको छ । महेशको पकेटका कार्यकर्ता हुनुको नाताले उनलाई केन्द्रीय सदस्यमा टीका लगाइएको हो । केही महिना अघि रक्सीको नशमा ठमेलस्थित इन्द्रेणी रोधीमा गएर हातपात गर्ने र पेटमा लाती बजारेर बहादुरी देखाएका वकिल वमलाई केन्द्रीय सदस्यको टीका लगाइएको हो । पदाधिकारीको आठौं नम्बरमा बमको नाम देख्न सकिन्छ ।

महिला कलाकारविरुद्ध अपशव्द बोलेको,हातपात गरेको अभियोगमा उनीविरुद्ध प्रहरीमा मुद्धा परे पनि बालकोटको पावर लगाएर उनी तारेकमा छुटेका छन् । महिला कलाकारलाई लात्ती बजार्ने र पुरुषार्थ देखाउने वमलाई जेठ १४ गते तारेक दिइएको छ । एमालेका एक जना नेता भन्छन्,जनवर्गीय संगठनमध्ये पार्टीलाई सबैभन्दा बढी समस्या खडा गर्ने संगठन नै युवा संघ भएको छ ।(तामाकाशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *