मानव तस्करीमा म्यानपावरदेखि सरकारसम्म संलग्न

राजनीति समाचार

काठमाडौं । नेपालका ठूला भनिएका तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रभित्र नेपालीलाई भुटानी शरणार्थी बनाएको आरोपमा भूइँचालो गएको छ । यसले ती पार्टीहरुलाई कस्तो असर पार्ने हो यसै भन्न सकिँदैन ।

गृहमन्त्री तथा नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले आरोपीलाई पक्राउ गर्न नेपाल प्रहरीलाई निर्देशन दिएपछि खासगरी तीन ठूला राजनीतिक दललाई नैतिक संकट परेको छ । एकातिर गृहमन्त्रालयले ती आरोपीमाथि सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएको छ भने अर्कोतिर सरकारमा संलग्न दल र प्रतिपक्षी दलहरु नै दोषी आरोपीहरुलाई उम्काउने प्रयास गरिराखेका छन् ।

घटनाका आरोपीहरुलाई संरक्षण गर्ने र कारबाही गर्नेबीच तीन खेमामा विभाजित भएर लडाईं चलिरहेको छ । देशको महत्वपूर्ण पदमा पटक–पटक आसिन भएका व्यक्तिहरु नै मानव तस्करीजस्तो जघन्य अपराधमा मुछिएका छन् भने नेपालमा च्याउसरी खोलिएका म्यानपावर कम्पनीहरुले झन् मानव तस्करी कति गरेहोलान् । त्यसबारे सरकार र सम्बन्धित निकाय अहिलेसम्म अनविज्ञ जस्तै देखिएको छ । अधिकांश मेनपावर कम्पनीको आडमा अवैध ढंगले विश्वका विभिन्न मुलुकमा युवायुवती पु¥याएर अलपत्र पारेका घटना नआएका होइनन् । तर, यस्ता घटनालाई तत्कालीन सरकारले ध्यान दिएको पाइँदैन ।

किन भने यस्ता गैरकानी धन्दामा सरकारमा आसिन व्यक्ति र तिनका नातागोता नै संलग्न हुने रहेछन् । राजनीतिक दलका नेताहरु जब शक्तिमा पुग्दा रहेछन् अनि अवैध धन्दा सञ्चालन गरी पैसा कमाउने रहेछन् भन्ने उदाहरण नेपालीहरुलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको घटनाले स्पष्ट पारेको छ । जननिर्वाचित नेताहरु र मन्त्रीहरुबाटै यस्ता आपराधिक घटना हुन्छन् भने म्यानपावर कम्पनीहरुले त कस्ताकस्ता मानव तस्करी गरेहोलान् ।

अहिले मेनपावर सञ्चालन गर्नेहरुले आलिसान महल र रोपनीका रोपनी जग्गा जोडेका छन् । त्योसँगै प्राडो र पजेरोमा सयर गरिरहेका छन् । त्यस्तै उनीहरुले ठूलाठूला होटेलमा लगानी गरी विदेशी एजेन्डहरुलाई नेपालमा ल्याएर शान्तिको पूरा जर्ने बेलुका भएपछि तारे होटेलमा जाने सुरासुन्दरीमा रमाउने गरेको समाचार तामाकोशी सन्देशले पहिलादेखि प्रकाशित नगरेको होइन । तर, राज्यले भने त्यस्ता गम्भीर आपराधिक विषयमा एक नजर पनि लगाएको थिएन । किन कि राज्यपक्ष नै यस्ता आपराधिक गतिविधिमा संलग्न हुने रहेछ भन्ने कुरा अहिले आएर पर्दाफास भएको छ ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *