सडक विभागमा महार्दिेशक ढकालको निदगन्ती सुरु

राजनीति समाचार

काठमाडौं । नेपालका राजनीतिक दलभित्र एकापसमा मनमुटाव भइरहँदा लामो समयदेखि स्थायी सरकारमा विकास हुनसकेको छैन । त्यसको असर विकास निर्माण र राष्ट्रिय आयोजनाहरुमा पर्न थालेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री पनि बारम्बार फेरिने कारणले पनि विकास निर्माणमा असर पर्दैै आएको हो ।

मन्त्री फेरिएसँगै सचिव र डिजी फेर्ने परम्परा पनि विगत लामो समयदेखि चल्दै आएको छ । तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले त सडकको स्तरोन्नति र निर्माणमा सहज हुने भन्दै शिव नेपाललाई वाइपास गरेर कनिष्ठ सुशीलबाबु ढकाललाई सडक विभागको महानिर्देशक बनाएका थिए । मन्त्री श्रेष्ठले सडक मर्मत संहार र निर्माणमा बजेटको व्यवस्था गर्नेतिर ध्यानै दिएनन् ।

आर्थिक मन्दीको कारण निर्माण सम्पन्न भइसकेको आयोजनादेखि विभिन्न प्रोजेक्टहरुको भुक्तानी ठेकेदारहरुले पाएका छैनन् । अहिले बजेट अभावको कारणले गर्दा अधिकांश आयोजनाहरु अलपत्र पर्ने देखिँदैछ । विशेष क्षेत्र अन्तर्गत पर्ने स्थानीय तहमा सडक र पुलहरु पुरै अलपत्र परेका छन् भने केही निर्माण सम्पन्न भएका पुल र सडकको भक्तानी ठेकेदारले पाउन नसकेको गुनासो पनि त्यत्तिकै छ । अहिले नेपालका हरेक क्षेत्रहरु आर्थिक मन्दीले थलिइरहँदा सरकारका मन्त्रीहरु भने अहिले नै आत्तिहाल्नुपर्ने अवस्था आएको छैन भन्दै भाषण गर्ने गर्दछन् ।

यतिबेला बजेटकै कारण मदन भण्डारी राजमार्ग, मध्यपहाडी लोकमार्ग, पूर्व–पश्चिम हुलाकी राजमार्ग र उत्तर–दक्षिण सडक आयोजनाहरु अलपत्र पर्ने अवस्थामा गुज्रिइरहेका छन् । यस्ता आयोजनाहरुमा बहुवर्षीय खर्चअन्तर्गत ४ खर्ब भन्दा बढी रकम लाग्ने देखिन्छ । तर, यस्ता राष्ट्रिय गौरवका आयोजनाहरु बजेट अभावकै कारण अलपत्र र लथालिङ्ग अवस्थामा छन् । यी आयोजनाहरुमा कामको थालनी भए तापनि आ.ब. २०७९÷०८० को अन्त्यसम्ममा ३० अर्बभन्दा बढी भुक्तानी गर्नुेपर्ने देखिन्छ ।

तर, सरकारले यो आबमा ३० अर्ब भुक्तानी दिने छाटकाँट देखिँदैन । अर्थमन्त्रालयले यस्तो विकास निर्माणको कामको भुक्तानी दिन पनि आनाकानी गरिराखेको छ । तर, आयोजना प्रमुखहरु भने बजेट माग गर्दै अर्थमन्त्रालयमा धाउन वाध्य छन् । अहिले एकीकृत समाजवादी पार्टीबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका प्रकाश ज्वाला भने गुमनाम जस्तो भएर बसेका छन् ।

हुन त उनी भरखरै मात्र मन्त्री भएका कारणले पनि केही नीतिनिर्माणको लागि बुझ्दै होलान् । तर, सडक विभागको महानिर्देशक भने तत्कालीन मन्त्री नारायणकाजी श्रेष्ठले नियुक्ति गरेका सिुशीलबाबु ढकाल रहेका छन् । त्यसमा पनि मन्त्री र डिजीको सहकार्य कस्तो हुन्छ यसै भन्ने अवस्था छैन । नवनियुक्त मन्त्री प्रकाश ज्वालाले सडक विभागको महानिर्देशक फेर्छन् कि ढकाललाई नै निरन्तरता दिने हुन् त्यो भने एकिन छैन । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *