भुटानी शरणार्थी मुद्दा ओझेलमा पर्दै, वास्तविक दोषी उम्काउँदै

राजनीति समाचार

तामाकोशी संवाददाता
काठमाडौं । २०७६ सालमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारका गृहमन्त्री रामबहादुर थापा हुँदा भुटानी शरणार्थी समस्या समाधान सम्बन्धी एउटा कार्यदल गठन गरिएको थियो । त्यो कार्यदलको संयोजक गृहमन्त्री थापा थिए भने गृहसचिव प्रेमकुमार राई थिए । गृमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार भनिएका इन्द्रजित राई थिए । इन्द्रजीतले बेलायतबाट डिग्री पास गरेको नक्कली सठिफिकेट ल्याएको बताइन्छ । त्यसलाई आधार बनाएर राई गृहमन्त्री थापाको सुरक्षा सल्लाहकारमा नियुक्त भएका थिए ।

तर, गृहमन्त्री थापा, सचिव प्रेम राई र सुरक्षा सल्लाहकार इन्द्रजीत राईले भुटानी शरणार्थीको समस्या समाधान गर्नुभन्दा उल्टै नेपालीहरुलाई भुटानी शरणार्थी बनाएर मोटो रकम असुली अमेरिका पठाउने धन्दासमेत गरेको खुलासा भएको छ । केपी ओली नेतृत्वको तत्कालीन सरकार गिरेपछि कांग्रेस नेतृत्वमा बनेको सरकारका गृहमन्त्री बालकृष्ण खाँड पनि यो घटनामा मुछिएका छन् । उनीहरुले भुटानी शरणार्थीको नाममा तत्कालीन समयमा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँड गृहमन्त्री हँुदा गृहसचिवमा टेकनायण पाण्डेलाई ल्याएका थिए । त्यसपछि महेश्वर न्यौपाने गृहसचिव बनेका थिए ।

त्यसपछि विवादमा परेको भुटानी शरणार्थीको काण्ड अहिले छताछुल्ला भएको छ । त्यसको भागिदार चाहीं पूर्व सांसद आङटावा शेर्पाको महत्वपूर्ण भूमिका रहेको गृहमन्त्रालयमा चर्चा छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहहरु पहिलादेखि नै लागिपरेको अहिलेको घटनाले देखाउँछ । यसरी नेपालीहरुलाई भुटानी शरणार्थी बनाएर अमेरिका लानेमा नुवाकोटका तामाङ थरका नेपाली र सिन्धुपाल्चोक जिल्लाका सर्वसाधारण निमुखा जनताहरुलाई प्रभावमा पारेर अमेरिका पु¥याउने गिरोह धेरै पहिलादेखि सक्रिय रहेको थियो । सो गिरोह सक्रिय हुँदै गएपछि त्यसले राजनीतिक पार्टी र सरकारमा समेत आफ्नो पहँुच पु¥यो ।

पहुँचमा पुगेपछि त्यो गिरोहले सरकारलाई गुमराहमा पा¥यो । त्यसैकारणले पनि शक्तिको आडमा राजनीतिक दलका नेतादेखि मन्त्री र सचिवसमेत मुछिन पुगेका छन् । अहिले यो काण्डले सबै राजनीतिक दलभित्र आतंक मच्चिएको छ । त्यस्तै नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझीलाई जोगाउन अध्यक्ष केपी शर्मा ओली लागेका छन् । यस घटनामा सचिव रायमाझी, उपाध्यक्ष रामबहादुर थापा बादल र अख्तियार प्रमुख प्रेमकुमार राईसमेत पक्राउ पर्ने देखिन्छ ।

उता सत्ता साझादार दल नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँड, उनकी श्रीमती मञ्जु खाँड र नेपाली कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणालाई समेत यो घटनाका दोषी बनाइँदै छ । यतिबेला यो घटनाले प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भने “न खाउँ भने दिनभरिको शिकार, खाउँ कान्छा बाबुको अनुहार” जस्तै भएको छ । प्रधानमन्त्री प्रचण्डले डा. आरजु राणा र मञ्जु खाँडलाई कसरी कारबाहीको दायरामा ल्याउँछन् त्यो भने एकिन भएको छैन । तर, डा. आरजु राणा भने ‘कागभन्दा कोइली बाठा’े भनेजस्तै नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँदाको कमिसन चेकमा नभएर नगद भएकाले प्रमाण पु¥याउन भने मुस्किल पर्ने देखिन्छ ।

त्यस्तै पूर्व गृहमन्त्री बालकृष्ण खाँडलाई त पूर्व सांसद आङटावा शेर्पाले प्रहरी परिशरमै पुगेर प्रक्राउ गरिएका विचौलियाहरुलाई पैसा फिर्ता दिने बाचासहित नपोल्न आग्रह गरेका छन् । त्यसमा पूर्व मन्त्री बालकृष्ण खाँडले पनि प्रहरीलाई केही समयमा सबै सार्वजनिक गर्ने छु र आवश्यक परेको खण्डमा हाजिर हुने छु भन्दै पन्छिएका छन् । यसले के देखाउँछ भने आखिरी नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोह नै राजनीतिक दलका उच्च नेता, गृहमन्त्री र उच्च पदस्थ कर्मचारी रहेछन् ।

नेकपा एमाले र नेपाली कांग्रेसको कारण नेकपा माओवादी नेतृत्वकाको सरकारले दोषिमाथि कारबाही गर्ने सम्भावना न्यून हुने देखिएको छ । त्यस्तै अहिले नेपालीलाई भुटानी शरणार्थी बनाएर पठाएको आरोपमा आठ जनाभन्दा बढी पक्राउ परिसकेका छन् भने अन्य ठूला दलका एक दर्जनबढी नेता, कार्यकर्ता र विचौलियाहरुलाई जोगाउन कांग्रेस र एमाले न्वारनदेखिको बल निकालेर लागिपरेका छन् । त्यसकारणले पनि यो घटनाका दोषीहरु उम्कने सम्भावना बढेर गएको छ । र, प्रचण्ड नेतृत्वको सरकार पनि धर्मराउने देखिन्छ ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *