बिचौलियाको घेरामा कृषि मन्त्री

राजनीति समाचार

काठमाडौं । नेपालका राजनीतिक दलका नेता देशघाती र बिचौलिया थिएनन् भने मुलुक बन्न बेर लाग्दैनथ्यो । तर चोरमाथिको चण्डाल ठूला दलका नेता आफ्नो स्वार्थको लागि ऐन कानून फेर्न पछि पर्दैनन् भन्ने कुरा नक्कली भुटानी शरणार्थी प्रकरणदेखि चिया बगानको जमिन घडेरी बनाउने गरी ऐन फेर्नुले खुलस्त गर्छ । राज्यमा व्यापार गरेर शेयर बेचेर कमाएको नाफाको ३४ अर्ब राजस्व नतिर्ने एनसेल विद्युत प्रयोग गरेर महसुल नतिर्ने सिमेन्ट र रड उद्योगहरुप्रति सरकार कडा हुनै सक्दैन ।

सरकारले दुग्ध विकास संस्थानलाई ध्वस्त बनाउन निजी डेरीहरुबाट घुस लिएर दुग्ध विकास बोर्डको स्वीकृति दिएर भारतबाट धुलो दुध ल्याउने बाटो खोलेको छ । निजी डेरीका लागि उपभोक्ता ठग्न धुलो दुध जरुरी पर्छ । नेपालका धुलो दुध उत्पादन गर्ने संस्थानको आफ्नै कारखाना विराटनरमा छ । पोखरामा सुजल डेरी र भरतपुरमा चितवन कोइको लगानीमा भरतपुर दुग्ध कारखानाले उत्पादन गर्छ । तर माफियाहरु देशको उत्पादनभन्दा भारतको उत्पादन सस्तो पर्ने नाममा भारतबाट पाउडर भित्र्याउने धन्दामा छन् ।

सरकारको नचाहिँदो गतिविधिले नेपालको तरकारी महंगो पर्ने भारतीय उत्पादन विष छरेर नेपाल भित्र्याएजस्तै पाउडर दुध भित्र्याउने सहमति कृषि मन्त्रालयले दिँदैछ । दुग्ध विकास बोर्ड मार्फत हुन लागेको यो धन्दाको विरुद्ध नेकपा एमाले बोल्दैन । किनकि एमालेलाई लगानी गरेका डेरीहरुको चोरीधन्दा जोडिन्छ ।

तर कृषक समूह महासंघले भने सरकारलाई सजग गराउने छ । भारतबाट ३ महिनाका लागि भन्दै धुलो दुध भित्र्याएर गोदाम गर्ने दाउमा निजी डेरी छन् । डेरी संचालकको पैसामा विकेको दुग्ध विकास बोर्ड र संस्थानको नेतृत्वले किसानको समस्याप्रति ध्यान छैन । दैनिक १ लाख २० हजार दुध कम भएकाले भारतबाट धुलो दुध ल्याउने अनुमति दिने योजना बनाइएको छ ।

भारतबाट ल्याइएको पाउडर प्रतिकेजी ३५० पर्छ । एक केजी पाउडरको ७ लिटर दुध बनाउने डेरीका सञ्चालकले नेपाली किसानको मर्का बुझ्दैनन् । संस्थानले दुधको क्वालिटीअनुसार प्रतिलिटर १००÷१२५ मूल्य तोक्दा निजी डेरीहरुले प्रतिलिटर ९० बाट बढाएर १२० पु¥याउँदासमेत राज्य मौन छ । किसानलाई समयमा मल बिउ दिन नसक्ने सरकारमा छन् ।

मल र बिउको कालो बजार हुँदा सरकारले कारवाही गर्न सक्दैन । मलको आवश्यकता भएको बेला अध्ययन गर्दैछ । काम नगर्ने भाग मात्र खोज्ने एकीकृत समाजवादीलाई पैसा जम्मा गर्न भौतिक पूर्वाधार र कृषि मन्त्रालय लिएको छ । त्यसले नेपाली किसान मार्न भारतीय बजारको पाउडर ल्याउने स्वीकृति दिन लागेको हो ।(तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *