चन्द्रागिरी हिल्समा ढकालको लुटतन्त्र

राजनीति समाचार

काठमाडौं । गत साता गोरखापत्रले आफ्नो १२३औं जन्मदिवस मनाउँदा उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं चन्दागिरी केवलकारका सञ्चालक चन्द्र ढकाल कार्यक्रममा सहभागी भएनन् । यिनै ढकाल हुन् एमालेका तत्कालीन वरिष्ठ नेता माधव नेपाल प्रधानमन्त्री बन्दा सामुदायिक जंगलको सयौं रोपनी जमिन कब्जा गर्न सफल पात्र ।

जहाँ उनको साम्राज्य छ । यात्रुले बाहिरबाट चन्द्रागिरी हिल्स क्षेत्रमा केही खानेकुरा लैजान पाउँदैन । गत केही हप्ता अगाडि चन्द्रागिरी केबलकारमा चार घण्टासम्म यात्रु बन्धक भए । अर्थात चल्दा चल्दैको केबुलकार बन्द भयो । जनतालाई लुट्ने चन्द्र ढकालले त्यो ठाउँमा विद्युतीय जेनेरेटर तयारी हालत थिएन । पैसा नपाएर प्राविधिकले आन्तरिक रेखदेख गर्न छाडेका थिए ।

केबुलकार र भ्यूटावर जनतालाई शोषण गर्ने ढकालजस्ता व्यापारीलाई फाइदा हुने गरी लगानी जुटाईदिने केपी ओली र माधवकुमार नेतृत्वको सरकार थियो । त्यो बेला नेपालका संचार सल्लाहकार विष्णु रिजाललाई घर र गाडी उपहार दिएका ढकालको धन्दा हाल चन्द्रागिरीबाट नवलपरासीको मौलाकालीतर सरेको छ । जहाँ लुट मच्चिँदैछ । चितवन कोइको मनकामना केवलकारले ५ किलोमिटर ५५० मा आतेजाते सुविधा दिन्छ । तर मौलाकाली केवलकारले २ किलोमिटर बराबरमा ७५० उठाएको छ भने चन्द्रागिरी हिल्सले पनि त्यही रुपमा रकम उठाएको छ ।

सरकारी सम्पत्ति कब्जा गरेर आफ्नो व्यवसाय चलाएका चन्द्र ढकालको चन्द्रागिरी हिल्सको ४ घण्टे बन्धक भएका यात्रुले आफ्नो पिडा सरकारको मुखपत्रमा पोखे । तर सूचना साम्राज्य हामी हौं भन्ने कान्तिपुर, नयाँपत्रिका, अन्नपूर्ण पोष्टजस्ता आफुलाई एकसे एक लगानीकर्ता र मालिक कैलाश सिरोहिया, कृष्ण ज्वाला, क्याप्टेन रामेश्वर थापाजस्ताबारे पत्रकारले समाचार छापेनन् । यो अनलाइन पोर्टलहरुमा पनि देखियो । रातोपाटी, सेतापाटी, अनलान खबर, बाह्रखरी, नेपाल खबर, कान्तिपुरजस्ता अनलाइनलेसमेत चन्द्रागिरी हिल्सको हण्डी खाएको कारण समाचार छापेनन् ।

यस्तो शुद्ध पत्रकारिता विश्वमा छैन । प्रेसले विनोद चौधरीको राजस्व छलीको समाचार लेख्दैनन् । पत्रकारिताका कथित आर्दशवादीले चलाएका संचार गृहमा चन्द्र ढकालको व्यापारिक विज्ञापनको अस्तुधातु घुसेको छ । चन्द्रागिरी हिल्सको गोरखापत्रले लेखेकै कारण १२३औं जन्मदिवसमा ढकाल गएनन् । गोरखापत्र सरकारको मुखपत्र हो भन्ने कुरा ढकाल बुझ्छन् ।

संचारमा उनको व्यापारिक साम्राज्य धमाधम खुल्छ । प्रधानमन्त्रीलाई उद्घाटन गर्न लगाएर मौलाकाली केवलकारको स्टेशनका जनताले चन्द्र ढकालको लुटको खेतीविरुद्ध आवाज उठाएका छन् । ढकालको योजनामा १५० मा मन्दिर पुग्ने प्रति व्यक्ति यात्रुलाई सहयोग गर्ने निजी सवारी साधन बन्द गरिँदा उत्पन्न हुने संकटले कुन रुप लिन्छ पर्खर्नैपर्छ । किनकि ढकालको कालाकर्तुत खुल्दै गएको छ ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *