झलनाथका युवराज कहिले हट्ने ?

राजनीति समाचार

काठमाडौं । मनपरी बोल्ने पेशागत मर्यादा र व्यक्तित्वको ख्याल नगर्ने पूर्व पत्रकार एक पात्रलाई पर्यटनमन्त्रीले नेपालको राष्ट्रिय ध्वजावाहक कम्पनी नेपाल वायु सेवा निगमको गुणस्तर सुधारतर्फ छानबिन समितिको सदस्य बनाएका छन् । हरेक मन्त्रीले निगम सुधार्ने भन्दै यस्ता समिति बनाउँछन् । तर प्रतिवेदन दबाउँछन् । तर यसपटक पर्यटनमन्त्री सुदन किराँतीले विचित्र गर्दैछन् ।

हिन्दुहरुको आराध्यादेव पशुपतिनाथको आन्तरिक व्यवस्थापन सुधार विद्युतीय शवदाह गृहको स्तरोन्नति गर्दै ४ वटा विद्युतीय शवदाह मेसिन थपेर लास जलाउने काममा लिइने महसुल ४५ सय खारेज गरी निशुल्क गराए । यहाँसम्म त पर्यटनमन्त्रीको काम ठिक छ । तर पशुपति भित्रको बेथिती कसले हेर्छ । मन्त्रीले वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सरुवा गर्न सकेनन् । उनी निगमकै लेखाप्रमुखबाट अवकाशप्राप्त पात्र थिए । एकीकृत समाजवादीका प्रेम आलेले युवराजलाई पर्यटनमन्त्री हुँदा कारवाही गरेजस्तो गरेका थिए । तर सर्वाेच्चले यिनको पद जोगायो । झलनाथ दाहिना थिए । त्यसपछिका दिनमा उनको धन्दा चम्किँदै गयो ।

निगमको संस्थागत विकासमा भन्दा लुट्न र निगमका जहाजको रुटमा मनपरी गर्ने, कार्गोको व्यवसाय हिमालयन एयरलाई दिएर कमिशन खाने निगमको उडान रोकेर हिमालयनलाई दिने धन्दा थियो र जारी छ । मन्त्रालयले निगम सुधार्न भन्दै अर्थविद् दिपेन्द्रबहादुर क्षेत्रीको नेतृत्वमा छानबिन समिति बनाएको छ । त्यहाँ टिकाराम राईजस्ता उदण्ड सदस्य छन् । जसको फोहोरी बोल्ने बाहेक क्षमता छैन । राई त्यस्ता विज्ञ होइनन् । मात्र मन्त्री किराँतीसँग जातीय सम्बन्ध हो ।

पत्रकारिताका असफल पात्र राई कुनै बेला प्हरकिा तलबी कारिन्दा थिए । प्रहरीलाई कांग्रेसको भगिनी संगठन बनाउने अच्युतकृष्ण खरेल आईजीपी बन्दा प्रहरीको सबै छपाईको काम लिन्थे । सवारी लाइसेन्स प्रहरीले वितरण गर्दा सहयोग गर्थे । जब प्रहरीले लाइसेन्स गुमायो, त्यसपछि राईको खेती बन्द भयो । कुखुरापालन गर्न विष्णुमतितिर बरालिँदै थिए ।

डा.दिपेन्द्र क्षेत्रीजस्तो विज्ञसँग बिचौलिया व्यवहारका राई सदस्य हुँदा निगम डुबाउने हिमालय एयर र यति समूहको स्वार्थमा काम गरेका निगमकै कर्मचारी खुसी छन् । किनकि यति समूह स्व.आङछिरिङ शेर्पाको सम्पत्ति हो । निगमका ५ वटा ट्वीनेटर जहाज मासिक ८ हजार डलरमा भाडामा लिएर एक पैसा नतिरी पर्यटनलाई पर्वतीय उडान गर्दा ३ वटा जहाज ध्वस्त बनाएको तारा एयरले कमाएकै छ । एमालेको सरकारमा लुटको सीमा थिएन । एमालेले निगमले सुधार गरेन । वरिष्ठ राजनीतिज्ञ एवं ७४ करोडको सर्पपालक झलनाथ प्रतिष्ठानका संस्थापक सदस्य विश्वासपात्र निगमका युवराज अधिकारीको भ्रष्टाचार छानबिनमा कति प्राथमिकता पाउँछ त्यो भने राईको आमाचाकडी बोलीमा भर पर्छ । (तामाकाशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *