गृहसचिव बन्दै, कमाउ धन्दा चलाउँदै

राजनीति समाचार

काठमाडौं । निजीमती कर्मचारीहरुले रोज्ने मन्त्रालय भनेको गृह, परराष्ट्र, भौतिक, अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन, स्वास्थ्य र शिक्षा रहेका छन् । यी मन्त्रालयहरुमा जानको लागि कर्मचारीहरु विभिन्न शक्तिकेन्द्रको पुजारी बन्ने गरेका छन् । त्यसमा पनि पहिलो प्राथमिकता गृह नै मानिन्छ । गृहमन्त्रालयमा गएपछि विभिन्न देशदेखि स्वदेश भ्रमणसमेत गर्न पाइने भत्ता, सुविधा पाउनुका साथै सिडियो पनि भइहालिने भएकाले पनि यो मन्त्रालय कर्मचारीको आकर्षणमा पर्ने गरेको छ ।

त्योसँगै गृहमन्त्रालयमा बिनाकाम हाटा गरेर तलब, सुविधा बुझ्नेहरु पनि प्रशस्तै छन् । यतिबेला नेपालमा चर्चाको विषय बनेको छ गृहमन्त्रालय । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दाले पनि गृहमन्त्रालय चर्चाको शिखरमा पुगेको छ । गृहजस्तो सम्वेदनशील मन्त्रालयमा यसरी विवाद चुलिनु भनेको विदेशी सामु आमनेपालीहरुको शिर निहुरिनु हो । गृहमन्त्रालयमा बसेर सचिवहरुले नियम कानुनको धज्जि उडाएर आफू शक्तिमा पुग्ने र पुस्तौलाई पुग्ने सम्पत्ति आर्जन गर्ने गरेका छन् ।

तत्कालीन गृहसचिव महेश्वर न्यौपानले पनि पुस्तौलाई पुग्ने सम्पत्ति आर्जन गरेर गृहबाट बाहिरिएका थिए । त्योसँगै तत्कालीन केपी ओली सरकारले प्रेम राईलाई गृहसचिवमा ल्याएको थियो । राईले उमेर हदको कारण सेवाबाट अवकास पाएपछि केपी ओली सरकारले नै उनलाई अख्तियार प्रमुख बनाएको थियो । त्यसपछि टेकनारयण पाण्डे गृहसचिव बनेका थिए ।

उनलाई पनि अन्यत्र सरुवा गरी तत्कालीन गृहमन्त्री बालकृष्ण खाँडले विनोद प्रकाश सिंहलाई गृहसचिवमा ल्याएका थिए । विनोद प्रकाश सिंह र तत्कालीन आइजीपी धिरज प्रताप सिंहबीच ठूलो द्वन्द्व चर्किएर बोलचालसमेत बन्द भएको थियो । त्योसँगै धिरजले सेवा अवधि ३२ वर्षे बनाउने खेलोमेलो गर्दै गर्दा आइजीपी र गृहसचिवको झगडाले लागु हुन सकेन । त्यसपछि उमेर हदको कारण धिरजले प्रहरी सेवाबाट अबकास पाए ।

त्यतिखेर गृहसचिव विनोद प्रकाश सिंहले नीतिनियमभन्दा बाहिर गएर प्रहरीलाई आवश्यक पर्ने हातहतियार चाइनाबाट गरिद गरेका थिए । उक्त हतियार खरिद गर्दा ठूलो मात्रामा कमिसन खाएको आरोप गृहसचिव सिंहलाई छ । त्यतिबेला उक्त हतियार खरिदमा कमिसन खाएको कुरा गुपचुप राखिएको थियो ।

अहिलेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहसचिव विनोद प्रकाश सिंहलाई हटाएर निदेश भट्टराईलाई ल्याएका छन् । भट्टराईले गृहमन्त्री श्रेष्ठलाई राम्रो काम गर्न सघाउँछन् कि कमाउ धन्दामै व्यस्त हुनेहुन् त्यो भने एकिन छैन । भट्टराईले पनि यसअघि विभिन्न मालदार ठाउँमा बसेर अकुत सम्पत्ति आर्जन गरेको स्रोतको दावी छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *