आज सुनको मुल्य ८०० रुपैयाँले वृद्धि

अर्थ/वाणिज्य समाचार

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको भाउ उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर कारोबार भएको हो ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । गएको शुक्रबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले वृद्धि भएर कारोबार भएको छ । चाँदी तोलाको एक हजार ३८५ रुपैयाँमा कारोबार भएको भइरहेको महासंघले छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *