हज कमिटीका अध्यक्ष नै भ्रष्टाचार धन्दामा

राजनीति समाचार

काठमाडौं । देशको मुस्लिम समुदायको हकहितमा खटेका नेता शमशेर मिया आँफैं नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका छन् भन्दा अचम्म लाग्न सक्छ । तर अर्घाखाँचीका मियाले गृहको बा १ झ १५८१ नम्बरको गाडी नक्कली शरणार्थी गिरोहको धन्दामा लागेको पत्ता पनि प्रहरीले नै लगायो । प्रहरीले चाह्यो भने अपराधी पक्राउ पर्छ ।

नेकपा एमालेका नेता शमशेर मियालाई नेकपाको सरकार भएका बेला टोपबहादुर रायमाझीले नै सिफारिस गरी गृह अन्तर्गतको हज कमिटीको अध्यक्ष नियुक्ति गराएका थिए । भन्दा एमालेप्रति पूर्वाग्रह राखेजस्तो हुने तर व्यवहार नक्कली भुटानी शरणार्थीको सुरुवात र मान्छे बेच्ने धन्दामा नेकपा एमालेका नेता कार्यकर्ताको सहभागिता देखिन्छ ।

यो प्रकरणमा बोरामै पैसा ओसार्नेसम्मका धन्दा भएको पाइयो । देशको बद्नाम गराउने आफ्नो स्वार्थ पुरा गर्ने काम भएको छ । खाणसँग जोडिएका कांग्रेसका आङदावा शेर्पा र एमाले नेता रायमाझीसँग जोडिएका शमशेर मियाको धन्दा संरक्षित देखियो । दलीय बद्नामी भोगेको यो काण्डले एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री प्रचण्डसँग झुक्न बाध्य बनायो । एमालेले असहयोग गर्दा नियुक्ति हुन नसकेको प्रधानन्यायाधीशको छनौट गर्न सरकारलाई अप्ठेरो थियो । सरकार दरिलोसँग अडियो भने शरणार्थी काण्ड मात्र होइन, भ्रष्टाचारको फाइल सबै खुल्छन् भन्ने विश्वास छ ।

आफुलाई नपर्दासम्म क्यान्टोन्मेन्टको भ्रष्टाचारको कुरा उठाएका एमाले नेताहरु जोडिएका एक दर्जन काण्डको छानबिन गर्ने तत्परता सरकारले देखाउँदा को कति बाँकी रहलान् ? देशको ध्वाजावाहक कम्पनी नेपाल वायुसेवा निगमलाई समेत निजीकरणको बाटोमा लैजाने योगेश भट्टराईको क्षमता समेत देखिँदैछ ।

ललितपुरमा कार्यालय खोलेर तत्कालीन गृह सचिव टेकनारायण पाण्डेलाई समेत कार्यालय पुग्न बाधय पार्ने कांग्रेसका आङटावा शेर्पा हुन् । गृहमन्त्रीसँग उनको पहुँच थियो । सचिव आफैं सुत्रधार बन्दा एमालेका शमशेर मिया जोडिनु नौलो होइन ।(तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *