देश डुबाउने अर्थशास्त्री ?

राजनीति समाचार

काठमाडौं । अर्थशास्त्रीलाई अग्रवाल समूहको व्यापार चर्काे बनाउने मन भयो । चकलेटमा कर मिनाहा, इन्धनको परनिर्भरता घटाउने विद्युतीय गाडी ल्याउने बाटो छेक्दै विद्युतीय गाडीमा ११० प्रतिशत कर लगाउने बहादुर डा.युवराज खतिवडाजस्ता अर्थशास्त्रीले सरकारका अर्थमन्त्री डा.प्रकाशशरण महतलाई शिक्षा दिँदै छन् । नेपालको अर्थतन्त्र यो हालतमा पु¥याउने उनै डा.युवराज खतिवडा नै हुन् । जसले आफुपछिका धनार्जन शर्मालाई राजस्व कटौती गर्न सिकाए ।

पाठ्यपुस्तकमा कर लगाएर देशको शिक्षा महंगो बनाउने यस्ता व्यक्तिलाई केपी ओलीले कसरी मन्त्री बनाए ? पुँजी पलायन गराउन पनि विगतका सरकारको ठूलो भूमिका छ । सरकार महंगी नियन्त्रणमा चिन्तित छैन । श्रम बजारको सुरक्षा गर्न नसक्ने सरकारले ७५३ स्थानीय तहमा रोजगार केन्द्र खोलेर उपलब्धी खोज्दैछ । एमालेको नेतृत्व आफ्ना काम सबै राम्रो देख्छ । तर आफैंले भ्रष्टाचारको श्रृंखला देख्दैन । चाइना साउथ वेस्टर्न र चेज एयरमा भ्रष्टाचार गर्ने एमाले थिए ।

ठूलो ठेक्का, भ्यूटावर, कोरोना कालको लुटका साक्षी डा.युवराज हुन् । यस्तालाई सामाजिक बहिष्कार गर्नु पर्नेमा त्यस्तैलाई मञ्च दिएर प्रवचन सुनाउने काम किन हुन्छ ? के खतिवडाजस्ता विज्ञहरु अरु छैनन् । के आधारमा त्यस्ता विज्ञ समेटिन्छ ? यो मुलुकको हित चाहने देशभक्तहरु पनि छन् । एमालेमै जीवन बिताएका डा.डिल्लीरमण खनाल कतै गणनामा पर्दैनन् ।

किनकि खनाल, ओली पत्नी राधिका शाक्यको गुन गाउनेमा पर्थेनन् । ओली भक्त हुँदा संघीयताको विरुद्ध पर्चा बाँड्ने डा.पुष्पराज कँडेलजस्ता राष्ट्रिय योजना आयोगका उपाध्यक्ष बन्न पुगेकै हुन् । मुलुकको परिवेशको ख्याल नगर्ने यस्ता ठेकेदार एमालेभित्र धेरै छन् । डा.युवराज पनि यस्तै खराब योजनाकार थिए । पार्टीको नीति र योजनालाई चासो दिन सकेका थिएनन् । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *