ठूला माछा जोगाउँदै सानालाई फसाउन प्रहरीले बुझायो प्रतिवेदन

राजनीति समाचार

काठमाडौं । अहिले नक्कली भुटानी शरणार्थी काण्डले मुलुक तातिएको छ । सो काण्डको छानविनमा लागेको नेपाल प्रहरीले पनि आफ्नो प्रतिवेदन गत सोमवार सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ । त्यसले गर्दा प्रहरीले गर्नुपर्ने दैनिक कामहरु पनि ओझेलमा पर्दै गएको थियो । तर, यो काण्डले कत्तिको सार्थकता पाउने हो त्यो भने अहिलेसम्म एकिन छैन । खासगरी भन्नुपर्दा तत्कालीन सरकारले भुटानी शरणार्थीसम्बन्धी कार्यदल नै गठन गरेको थियो ।

उक्त कार्यदलको अध्यक्ष तत्कालीन गृहमन्त्रीको हैसियतले रामबहादुर थापा आफै रहेको बताइन्छ । तर, अहिलेसम्म सरकारले न त तत्कालीन गृहमन्त्री थापालाई पक्राउ पुर्जी जारी गरेको छ न त तत्काली गृह सचिव प्रेमकुमार राईलाई कुनै खोजीनिति नै गरेको छ । तत्कालीन गृहमन्त्री थापाका छोरा प्रतिक थापालाई पक्राउ पुर्जी जारी गरिए तापनि हप्तौं बितिसक्कदा समेत प्रहरीले पक्राउ गर्न सकेको छैन । त्योसँगै तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरज राईलाई पक्राउ गरिएको छैन ।

तर, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका परिवारलाई अनुसन्धानको घेरामा राखिएको बताइन्छ । यो घटनाले ‘काग कराउँदै जान्छ, पिना सुक्दै जान्छ’ भन्ने उखान चरितार्थ हुन्छ । नक्कली भुटानी शसरणार्थी काण्डका प्रायजसो नाइकेहरुलाई पक्राउ गरिसक्दा पनि तत्कालीन गृहमन्त्री थापाका छोरा प्रतिक थापा र निरज राईलाई अहिलेसम्म पक्राउ गर्न नसक्नु प्रहरीभित्रको लज्जास्पद अवस्था देखिन्छ । प्रहरीले चाहेको खण्डमा विदेशमा लुकीछिपी बसेको भएपनि इन्टरपोलको सहायताबाट प्रक्राउ गरी नेपाल ल्याउन सकिन्छ ।

तर, त्यो काम न नेपाल प्रहरीले गर्न सकेको छ न त सरकारले त्यसप्रति गम्भीर ध्यान दिएको छ । त्योसँगै नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएका नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा. आरजु राणा देउवा र बालकृष्ण खाँड पत्नी मञ्जु खाँडलाई अहिलेसम्म प्रहरीले सोधपुछ गर्न समेत आवश्यक ठानेको छैन । त्यसैगरी तत्कालीन गृहमन्त्री थापाका छोरा प्रकित थापालाई पक्राउ गर्न नसक्नु भनेको नेपाल प्रहरीमाथि अक्षेमताको प्रश्नचिन्ह खडा हुनु हो । तर, यसले ठूला माछा उम्काउने र साना माछालाई जेल हाल्ने तयारी हुनथालेको त होइन भन्ने आशंका सर्वसाधारणमा उब्जिन थालेको छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *