सेक्युरिटी काण्डमा मुछिएका विकल पौडेल गायब

राजनीति समाचार

काठमाडौं । अहिले नेपालको राजनीतिमा विकास र समृद्धिको नारालाई पन्छाउँदै यतिखेर नक्कली भुटानी शरणार्थी काण्डले सबैको ध्यान मोडेको छ । त्योसँगै कतिपय भ्रष्टाचारका काण्डहरु पनि ओझेलमा पर्दै गएका छन् । सरकारले गर्नुपर्ने कामहरु पनि गर्न सकेको छैन । सम्पूर्ण शक्ति यतिखेर जल्दाबल्दा काम छाडेर भुटानी शरणार्थी काण्डमा रुमलिएको छ ।

त्यस्तै सरकारका शक्तिशाली निकायहरु पनि यतिखेर निदाएर बसेका छन् । जनताका दैनिक जीवनसँग जोडिएका कामसँगै विकास निर्माणका कामहरुसमेत ओझेलमा परेका छन् । गत वैशाख ३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरेटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार गरेको आरोपमा विकल पौडेललाई लगाएको थियो । पौडेललाई २ अर्ब ६९ करोड हिनामिना गरेको आरोपसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

सो मुद्दा अहिले विस्तारै ओझेलमा पर्दै गएको छ । त्यसैगरी यस काण्डमा दोषी ठहरिएका विकल पौडेल अहिले फरार रहेको बताइन्छ । यसरी एकातिर अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गर्दै जाने अर्कोतिर दोषि फरार हँुदै जाने प्रवृत्ति हावी भएको छ । त्यस्तै नेपाल टेलिकमका प्रवन्ध निर्देशक सुनिल पौडेललाई पनि अख्तियरा दूरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार गरेको उजुरी परेको थियो । उनलाई नयाँ बिलिङ मेसिन खरिद गर्नुपर्नेमा पुरानै मेसिनलाई मर्मत गर्ने नाममा करोडौंको हिनामिना गरेको आरोपमा अख्तियारमा उजुरी परेको थियो ।

उक्त उजुरी उपर पौडेलले दुई पटक बयान पनि दिइसकेको बताइन्छ । तर, उनी राष्ट्रपति रामचन्द्र पौडेलको आफन्त भएको कारण उक्त काण्डबाट जोगिँदै आएको चर्चा टेलिकमभित्र चल्न थालेको छ । उनलाई टेलिकमबाट हटाउन खोजे पनि शक्तिको आडमा टिकिरहने बताइन्छ । तर, टेलिकमभित्रका विकृति, विसंगतिलाई त्यत्तिकै थाति राखेर खाली कमिसनको चक्करमा लागिपरेको आरोप छ । सुनिल पौडेललाई टेलिकमको प्रवन्ध निर्देशक बनाउने कामको सेटिङ पनि उनै विकल पौडेलले गरेको बताइन्छ ।

विकल पौडेललाई भ्रष्टाचारको मुद्दा लागेपछि भारतहुँदै तेस्रो मुलुक भागेको आशंका गरिँदैछ । टेलिकमभित्रका केही जानकारहरुको भनाइ अनुसार विकल पौडेल भागेर विदेश गए पनि मुद्दामा उनी टिकटलाई वारेसनामा राखेर मिलाउने काम भइरहेको भनाइ छ । यसरी दोषी फरार भएपछि मुद्दालाई पैसा र शक्तिको आडमा कमजोर बनाउने र दोषीलाई उम्काउने काम नयाँ होइन । त्यसकारणले पनि कतिपय भ्रष्टाचारीहरुलाई अख्तियारले मुद्दा दायर गरे तापनि बैंक ग्यारेन्टी बसेर धरौटीमा छुटाउने र मुद्दा विस्तारै किनारा लगाउने काम गरिँदै आइएको छ । (तामकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *