प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले कस्तो सन्देश ल्याउँला ?

राजनीति समाचार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि जेठ १७ गते छिमेकी मुलुक भारत भ्रमणमा जाँदैछन् । उनले भारत भ्रमणबाट कस्तो सन्देश लिएर फर्किने हुने त्यो भने एकिन भइसकेको छैन । प्रधानमन्त्री प्रचण्ड भारत भ्रमण जान धेरै पहिलादेखि चाहिरहेका थिए ।

तर, भारत सरकारले भने प्रधानमन्त्री प्रचण्डलाई आमन्त्रण नगर्दा जान ढिला भएको थियो । तर, अहिले आएर ढिलै भएपनि प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा निस्कँदै छन् । प्रधानमन्त्रीले भारत सरकारसँग के कस्ता सन्धी सम्झौता गर्ने हुन् त्यो पनि पत्रपत्रिकामा आएको समाचार जस्तो नहुन सक्छ ।

नेपालको सीमा क्षेत्रको विषयमा कुरा उठाउँछन् कि उठाउँदैनन् भन्ने कुरा आमजनतामा उठिरहेको छ । त्यस्तै तत्कालीन सरकारले सार्वजनिक गरेको चुच्चे नक्साको विषयमा पनि कुरा उठाउँछन् कि उठाउँदैनन् भन्ने विषयमा सबैले चासो लिरहेका छन् । प्रधानमन्त्री प्रचण्डसँग परराष्ट्रमन्त्री, अर्थमन्त्री, ऊर्जा मन्त्री, भौतिक तथा पूर्वाधार मन्त्री, केही सचिव र उद्योगी व्यवसायीहरु भारत भ्रमणमा जाँदैछन् । तर, नेपालको लुम्बिनीको समेत नक्सा बनाएर भारत सरकारले सार्वजनिक गरेको छ ।

त्यस विषयमा नेपाल सरकारले केही बोलेको छैन । त्यस्तै भारत सरकारले २०७६ सालमा पनि नेपालको अधिकांश भूमि आफ्नो नक्सामा पारेर सार्वजनिक गर्दा नेपाल सरकारले केही बोल्न सकेको थिएन । त्यसले भारत र नेपाल सरकारबीच केही चिसोपना ल्याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *