दूरसञ्चार र उद्योगहरुले अर्थतन्त्र डुवाउँदै

राजनीति समाचार

काठमाडौं । नेपालमा राजनीतिक छत्रछाँयामा बसेर विचौलियाहरु सलबलाउने र देशको ढुकुटी नै रित्याउने काम विगतदेखि नगरेका होइनन् । यस्ता खाले विचौलियाहरुले सरकार नै गिराउने र आफू मालमाल बन्ने कामहरु गरेका पनि थुप्रै उदाहरणहरु छन् । त्यस्तै काम अहिले विचौलियाहरुले दूसञ्चारको क्षेत्रमा बसेर खेल्ने गरेका छन् । त्यसरी खेल्नेमा नेपालका उद्योगी र राजनीतिकज्ञ भनेर चिनिने विनोद चौधरी, उपेन्द्र महतो, रघुवीर महासेठ, राजबहादुर सिंह, शतिसलाल आचार्य, अजय सुमार्गीजस्ता व्यक्तिहरुले दूरसञ्चारको नाममा प्राधिकरणलाई सिध्याउने खेलोमेलोमा विगत लामो समयदेखि खेल्दै आएका छन् ।

यिनीहरुले राजनीतिक पार्टीका नेता र सरकारलाई पनि गुमराहमा पार्दै आफ्नो स्वार्थ पूर्ति गर्ने काम माफियाको रुपमा गर्दै आएका छन् । अहिले स्मार्ट फोनदेखि युटिएल, एनसेल, हेलो नेपाल जस्ता कम्पनीहरु यिनै विचौलियाहरुले चलाउँदै आएका छन् । यस्ता कम्पनीहरुलाई अगाडि बढाउनको लागि यिनीहरुले नेपाल दूरसञ्चार कम्पनीलाई धरासायी बनाउने काम गर्दै आएका छन् । यिनीहरुले सरकार र राजनीतिक दलका नेतालाई गुमराहमा पारेर आफ्नो स्वार्थ पूर्तिको लागि प्राधिकरणको अध्यक्ष र सञ्चार सचिवदेखि मन्त्रीसमेत फेर्ने काम नगरेका पनि होइनन् । त्यसकारणले पनि दूरसञ्चार प्राधिकरणले गति लिन सकिरहेको छैन ।

अहिले विनोद चौधरी, उपेन्द्र महतो, रघुवीर महासेठ, राजबहादुर सिंह, शतिसलाल आचार्य, अजय सुमार्गीजस्ता व्यक्तिहरुले राजनीतिक शक्ति र सत्तामा आफ्नो पहुँचमा पु¥याउने र राज्यलाई कर छली गर्ने काम गर्दै आएका छन् । त्यतिमात्रै होइन, यिनीहरुले नेपाली पैसा विदेशी बैंकमा पु¥याउने गरेको पनि गर्दै आएको स्रोतको दावी छ । यसरी अहिले नेपालमा आर्थिक मन्दी छाउनुमा यस्ता दूरसञ्चार माफिया, उद्योगी व्यवसायी, बैंक माफिया र भूमाफियाहरुको ठूलो हात रहेको विश्लेषकहरुको ठम्याइ छ ।

यी माफियासँगै २०७२ सालको भूकम्प र २०७६ सालको कोरोना संक्रमणका कारण पनि नेपालमा आर्थिक मन्दी छाएको पाइन्छ । आर्थिक मन्दीलाई यो अवस्थामा पु¥याउने काममा मलजल गर्ने काममा तत्कालीन केपी ओली नेतृत्वको सरकारका अर्थमन्त्री युवराज खतिवडा, अर्थमन्त्री विष्णु पौडेल, त्यसपछि शेरबहादुर नेतृत्व सरकारका अर्थमन्त्री जनार्दन शर्मालगायतका व्यक्तिहरुको महत्वपूर्ण भूमिका रहेको बताइन्छ । त्योसँगै सरकारमा रहेका राजनीतिक दलका मन्त्रीहरुले यस्ता गम्भीर विषयमा ध्यान दिएको पाइँदैन ।

खाली कुर्सी र सत्ताको छुलाचुँडी गर्ने, एकले अर्काको खुट्टा तान्ने, कमिसन र भ्रष्टाचारमा यिनै विचौलियासँग मिल्ने, नेपाली जनतालाई राष्ट्रियताका ठूलाठूला कुरा गरेर झुलाउने, बजार अनुगमन गरेर मूल्य नियन्त्रण गर्न नसक्ने, जनतालाई नक्कली सरणार्थी बनाएर अमेरिका पठाउने काममा सबै राजनीतिक दलहरु मिलेमतो गरेर कमिसनमा रमाउने जस्ता काम गरेर राष्ट्र डुवाउने काम गर्दै आएका छन् । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *