सिटिजन्स बैंकका ग्राहकहरूलाई ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा छुट

अर्थ/वाणिज्य समाचार

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकहरूलाई ब्लुबर्ड इन्टरनेसनल क्लिनिकले विशेष छुट दिने भएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र थापाथली, काठमाडौं स्थित ब्लुबर्ड इन्टरनेसनल क्लिनिक बीच बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा १०५ सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *