लौ पढ्नुहोस् भन्सार विभागका महानिर्देशकको नालीबेली

राजनीति समाचार

काठमाडौं । नेपालका ब्यूरोक्रेसी र नेता, कार्यकर्ताहरुलाई जति लोकतन्त्र, गणतन्त्र फापेको छ, त्यति सर्वसाधारण जनतालाई फापेको छैन । अहिले कर्मचारीभित्र छेपाराले रङ्ग फेरेझैं गरी राजनीतिक दलको सदस्यता फेर्ने र कर्मचारी संगठनको सदस्यता फेर्ने काम कर्मचारीहरुले गर्दै आएका छन् । राजनीतिक शक्ति केन्द्रमा धाएर मालदार ठाउँमा पुग्ने र कमाउने काम पनि तिनै कर्मचारीले गर्दै आएका छन् । उता नेताहरु पनि आफूनिकट कर्मचारीहरुलाई मालदार ठाउँमा पठाउन पाए आफ्नो रोजीरोटी पनि टर्ने र चुनावताका खर्चको व्यवस्थापन गर्न पाउने जस्ता कारणले पनि कर्मचारी र नेताहरु एकआपसमा मिलेमतो गर्ने गर्दछन् ।

उदाहरणको लागि नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको आशिर्वादले अर्थमन्त्रालय अन्तर्गत सबै निकायमा तर मार्न सफल भएका व्यक्ति हुन् शोभाकान्त पौडेल । उनी राजश्व अनुसन्धान विभाग, आन्तरिक राजश्व कार्यालय, ठूला करदाता कार्यालयदेखि विभिन्न कर कार्यालयहरुमा बसेर अकुत सम्पत्ति जोड्न सफल भएको स्रोतको भनाइ छ । पौडेललाई कर्णली प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा बसेर ठूलो आर्थिक चलखेल गरेको आरोप पनि छ । कर्णाली प्रदेशबाट केन्द्रमा खानेपानी मन्त्रालयमा बस्न सफल भएका थिए ।

अहिले उनी भन्सार विभागको महानिर्देशक बन्न सफल भएका छन् । पौडेलको राजनीतिक पृष्ठभूमि भनेको कांग्रेस नै हो भनिन्छ । तर, कांग्रेस पार्टीभित्र यस्ता कर्मचारीहरु कमै होलान् भन्ने पनि गरिन्छ । उनी अर्थ मन्त्रालय अन्तर्गतका सबै कार्यालय र विभागमा बसेर घुस खान खुवाउन माहिरमा गनिन्छन् । अहिले सिंहदरबारभित्र पौडेललाई तत्कालीन आन्तरिक राजश्व विभागका डिजी चुडामणि शर्माको भाई भन्ने गरिन्छ । किन पौडेललाई चुडामणि शर्माका भाइ भनियो भन्दा उनी खान र खुवाउन सिपालु छन् ।

खानु र खुवाउनसँगै शक्ति केन्द्र धाएर कुरा मिलाउन पनि त्यत्तिकै खप्पिस छन् । अहिले पौडेललाई भन्दा अन्य कर्मचारीलाई अर्थसम्बन्धी त्यति ज्ञान छैन । कांग्रेसकै केही कर्मचारीहरुले भन्ने गर्दछन् ‘जसको हात, उसको जगन्नाथ’ भने झै सधैं मालदार ठाउँमा बस्ने गर्दछन् । त्यस कारणले पनि अधिकांश ठाउँबाट राजश्व उठाउन नसकेको भुक्तभोगीहरुको भनाइ छ । कतिपय कर्मचारीहरुले त शोभाकान्त पौडेल जस्तो हुन सकिएन भनेर गुनासो समेत पोख्न थालेका छन् ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *