ठगीका काण्डहरु बजारमा छ्यापछ्याप्ती

राजनीति समाचार

काठमाडौं । आजकाल नेपालमा विभिन्न ठगीका काण्डहरु बजारमा आउने गरेका छन् । कतिपय ठगी काण्ड वैदेशिक रोजगारीमा जानेहरुको हुने गरेको छ भने विभिन्न पेशामा आबद्ध भएका व्यक्तिहरुले समेत ठगीधन्दा चलाउने गरेका छन् । कुनैले सहकारीको ठगीधन्दा चलाएका छन् । कसैले अन्य ठगीधन्दा चलाएका छन् ।

सरकारमा बस्ने राजनीतिक दलहरुले पनि भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगीधन्दा चलाउँदै आएका छन् । तर यस्ता ठगीधन्दाको प्राप्त प्रमाण नपुगेको कारण ती ठगी गर्ने व्यक्तिहरुलाई कारबाही गर्न सकेको छैन । जताततै यी यस्ता घटनाहरु हुदैँ आएका छन् । तर सरकारले भने यस्ता ठगीधन्दा गर्नेहरुलाई कसरी नियन्त्रण गर्ने भन्ने बारेमा ठोस प्रयास गरेको पाइदैँन ।

यस्ता ठगीगर्नेहरुलाई हदैसम्मको कारबाही हुने कानून बनाएर लागू गर्नुपर्ने हो । तर, सरकार र सम्बन्धित निकायले त्यो गरेको पाइदैँन । कारबाीहको दायरामा ल्याइहाले तापनि सरकारी वकिलको कार्यालयलले मुद्दा फितलो बनाउने काम बिचौलियासँग मिलेर गर्दै आएको छ । यसमा कतिपय नेपाल प्रहरीहरु पनि मुछिने गरेका छन् । अहिले भुटानी शरणार्थीको नाममा ठगी मुद्दामा पनि विभिन्न टिक्काटिप्पणी हुन थालेको छ । कतिपय शरणार्थी प्रकरणमा मुछिएका व्यक्तिहरुलाई प्रमाण नपुगेको भनी छुटाउने प्रयास भइरहेको छ ।

खासगरी नेपाल सरकारको कानून अनुसार गल्ती गरेका व्यक्तिहरुले सजाय पाउनुपर्ने र जरिवाना तिर्नुपर्ने जस्ता मुद्दालाई फितलो बनाएर उम्काउने काम सम्बन्धित निकयले गर्दै आएका छन् । त्यसकारणले पनि कतिपय सर्वसाधारणले न्याय पाउन सकेका छैनन् । त्योसँगै जघन्य अपराधमा मुछिएका रेशम चौधरीलाई समेत गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलले आममाफि दिएर छुटाउने काम गर्नुभएको छ । त्यस्तै नागरिकता विधेयक पनि पारित गरिदिएर विवादमा आउने काम राष्ट्रपति पौडेलले गर्नुभएको छ ।

यो विषयले राष्ट्रपति पनि विवादमा तानिनु भएको छ । यस्ता विषयलाई गहन अध्यान गरी लागू गर्नुपर्नेमा त्यो नगरी हचुवाको भरमा निर्णय गर्नुले राष्ट्रपतिमाथि नै आँच आउने काम भएको छ । राष्ट्रहित विपरित राष्ट्रपतिले नागरिकता विधेयक पास गरेर राष्ट्रघाट हुने काम गर्नुभएको भएको देखिन्छ ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *