मन्त्री मर्माहत

राजनीति समाचार

काठमाडौं । आफ्नो योजनामा तुषरापात लागेपछि स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत मर्माहत भएका छन् । उनले सोही कार्यक्रममा कर्मचारीमाथि आक्रोस समेत पोख्न भ्याएका छन् ।

जसरी बजेट निर्माणमा पूर्व नासु रामकृष्ण श्रेष्ठले विद्युतीय गाडीमा करको दर हेरफेरको सूचना व्यापारीलाई पु¥याएर लाभ लिएका थिए उसैगरी स्वास्थ्यका कर्मचारीहरुले समेत सूर्तीजन्य पर्दाथमा ६० प्रतिशत कर बृद्धि गर्न खोजेको कुरा समेत व्यापारीहरुकोमा पु¥याएर मन्त्री मोहन बहादुर बस्नेतको योजनामा कटौतीमा पारिदिए पछि मन्त्री बस्नेत कर्मचारीहरुसँग फायर भएका छन् ।

मन्त्रीले सूर्तिजन्य पर्दाथमा ६० प्रतिशत कर लगाउन खोजेका भए पनि व्यापारीहरुसम्म यो कुरा पु¥याएर १० प्रतिशत मात्र कायम गराइएकोमा उनले अर्थमन्त्री प्रकाशशरण महतसँगको असन्तृष्टी समेत त्यहाँ पोख्न भ्याए । उनले यो बिषयमा मन्त्रिपरिषद्मा समेत कुरा उठाइसकेको समेत सुनाउन भ्याए । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *