३० अर्ब कमिसनको चक्करमा भौतिकमन्त्री प्रकाश ज्वाला

राजनीति समाचार

काठमाडौं । नेपालमा सरकार फेरबदलसँगै मन्त्रिमण्डल विस्तारमा पनि समस्या देखिने गरेको छ । त्यसमा पनि कुन मन्त्रालय कुन पार्टी र कुन नेताले पाउने भनेर लुछाचुँडी गर्ने चलन नयाँ होइन । त्यस्तै तत्कालीन सातदलीय गठबन्धनमा सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सडकको डिजीसमेत फेर्न सफल भएका थिए ।

मन्त्री श्रेष्ठले सकड विभागको महानिर्देशक सुशील ढकाललाई बनाएका थिए । त्योसँगै सडक सुधार आयोजना, जलमार्ग आयोजना, मन्त्रालयको योजना शाखा र महाशाखामा ३, ३ महिना बस्दै सरुवा हुँदै गरेका ढकाललाई हुलाकी राजमार्गको निर्देशन बनाएको थियो । यसरी ढकाल एक वर्षमा पाँच पटक सरुवा भइसकेका छन् । सरकार परिवर्तन भएपछि तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ गृहमन्त्री बने । त्यसपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एकीकृत समाजवादीको भागमा परेपछि प्रकाश ज्वाला मन्त्री बन्न सफल भए । उनी मन्त्री बनेपछि केही सिई, डिईहरुको सरुवा गर्न भ्याइसके ।

मन्त्री ज्वालाले यसरी सरुवामा हेरफेर गर्दा हुलाकी राजमार्ग आयोजनाका निर्देशक चुडा ढकाललाई एडीबीमा पठाएका छन् । उता एडीबीका उमेशबिन्दु श्रेष्ठलाई तीन महिना नपुग्दै मन्त्रालयमा तानेका छन् । यसरी उमेशबिन्दु श्रेष्ठलाई मन्त्रालयमा ल्याएर चुडा ढकाललाई एडीबीमा लानुको कारण महेन्द्र राजमार्ग–काँकडभिट्टा सडकखण्ड अन्तर्गत कोशी पुलको ३० अर्ब ठेक्का रहेको छ । सो ३० अर्बको कमिसन लिनको लागि पनि मन्त्री ज्वालाले चुडा ढकाललाई एडीबीमा लगेको बताइन्छ ।

त्यो उक्त ३० अर्बको ठेक्का लिने कम्पनीहरुमा कालिका कन्ट्रक्सन, शर्मा एण्ड कम्पनी, लामा कन्ट्रसन र आशिष कन्ट्रक्सन रहेका छन् । यसरी प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेपछि उनले मन्त्रालयमा चमत्कार मच्चाएका छन् । यसले के देखाउँछ भने अधिकांश मन्त्रीहरु देश विकास जनताको सेवामा ध्यान दिनुभन्दा कहाँबाट कमिसन लिने र कसरी रातारात अर्बपति बन्ने भन्नेतिर लाग्ने गरेको पाइन्छ ।

त्यस्तै अधिकांश राजनीतिक दलका नेताहरुले मन्त्रीको लागि गृह, भौतिक, अर्थ, संघीय मामिला, पर्यटन, उद्योग वाणिज्य, शहरी विकासजस्ता मालदार मन्त्रालयहरु दावी गर्ने गरेका छन् । त्यस्तै एकीकृत समाजवादी पार्टीबाट प्रत्यक्षमा दश सिट जितेको तर समानुपातिकमा राष्ट्रिय पार्टी बन्न नसकेको पार्टीले सरकारमा सहभागी भएको नाममा भौतिक मन्त्रालय हात पारेको थियो । त्यसमा भौतिक मन्त्री बनेका प्रकाश ज्वाला यतिखेर विकास निर्माणको काममा भन्दा पनि कमिसनको चक्करमा लागिपरेका छन् ।(तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *