मुख्यसचिवमा डा. वैकुण्ठ अर्याल नियुक्त

राजनीति समाचार

काठमाडौं । डा वैकुण्ठ अर्याललाई सरकारले मुख्यसचिव नियुक्त गरेको छ । अर्याललाई बिहीबार बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मुख्यसचिव नियुक्त गरेको हो ।

अर्याललाई मुख्यसचिव नियुक्त गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि शंकरदास बैरागी मुख्य सचिव थिए । बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार पदमा नियुक्त गरिएको परराष्ट्र मन्त्री एनपी साउदले जानकारी दिए ।

आज बिहान मात्रै शंकरदास वैरागीले मुख्यसचिवको पदबाट राजीनामा दिएका थिए । वैरागीको राजीनामा स्वीकृत गरेपछि अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय भएको मन्त्री एनपी साउदले बताए।

हालका सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेका अर्याल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा थिए । उलने आगामी असार २ गतेदेखि अवकाश पाउँदै गरेका बैकुण्ठ अर्याललाई सरकारले त्यसअघि नै मुख्यसचिव बनाएको हो ।

बैकुण्ठ अर्यालले यसअघि सूचना तथा सञ्चार, योजना आयोग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा काम गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *