वैदेशिक रोजगारीमा दुबई पुगेका चौधरीद्वय १८ दिनमा नेपाल फिर्ता

राजनीति समाचार

काठमाडौं । विगत लामो कालखण्डदेखि वैदेशिक रोजगारको सिलसिलामा विदेश जाने चलन चल्दै आएको थियो । त्यतिबेला वैदेशिक रोजगार क्षेत्र भरपर्दो र विश्वासिलो पनि थियो । पछिल्लो कालखण्डमा आएपछि मेनपावर कम्पनी खोल्नेहरुको पनि त्यत्तिकै भिड लाग्दै गयो । अस्वस्त प्रतिस्पर्धामा वैदेशिक रोजगारीमा कामदार पठाउने मेनपावर कम्पनीको संख्या बढेसँगै विचौलियाहरु पनि बढ्दै गए । विचौलियाबीच प्रतिस्पर्धा हुनथालेपछि विश्वासिलो र भरपर्दो भनिएका मेनपावर कम्पनीहरु पनि विस्तारै विवादमा फस्न थाले । त्यसको शिकार भने आमनेपालीहरु हुँदै गए ।

त्योसँगै कतिपय नेपाली कामदारहरु विदेशमा बसेर विचौलियाको काम गर्न थाले । यसरी नेपालीले विदेशमा बसेर विचौलियाको काम गर्न थालेपछि उनीहरुले नेपालका मेनपावर कम्पनीसँग समन्वय गर्न थाले । त्यसरी विदेशबाट नेपालीले विचौलियाको काम गर्ने मुलुकहरु दुबई, कतार, साउदी, बहराइ, मलेसिया, कुबेत, साइप्रास, माल्टालगायत छन् । ती देशहरुमा बसेर नेपालीहरुले नेपालमा खोलिएका मेनपावर कम्पनीसँग मिलेर विचौलियाको काम गर्ने गरेका थिए ।

यसरी विदेशमा बसेर विचौलियाको काम गर्ने र नेपालमा खोलिएका मनपावर कम्पनीहरुले कामदार विदेश पठाउने नाममा ठूलो मात्रामा ठगी धन्दा चलाउँदै आएका थिए । त्यसको सिको सिक्दै मेनपावर कम्पनीमा काम गर्नेहरुले मेनपावरको आडमा नक्कली डिमाण्ड लेटर, नक्कली छाप, नक्कली लेटर प्याड तयार गरी कामदारको आवश्यकताको विज्ञापन ठूला राष्ट्रिय दैनिक भनिने पत्रपत्रिकाहरुले नछापेका होइनन् । त्यसरी नक्कली कागजात बनाउने स्थानहरु काठमाडौंको बागबजार, गोंगबु, एयरपोर्ट छेउछाउ, गौशाला, ग्वार्को, कोटेश्वरलगायत थुप्रै थिए । त्यसको आधारमा विदेशमा कामदार पठाउने काम विचौलियाले गर्ने गरेका थिए ।

तर, अहिले यस्तो काम न्यून रहेको पाइन्छ । संस्थागत रुपमा यस्ता काम गर्न छाडिए तापनि अहिले व्यक्तिगत ठगी गर्नेहरु निकै छन् । त्यसको उदाहरणका रुपमा दुई जना फेला परेका छन् । त्यसरी बिचौलियाबाट ठगिनेमा त्रियुगा नगरपालिका सुन्दरपुर ५ उदयपुरका पवन कुमार चौधरी र सप्तरीका सन्तोषकुमार चौधरी रहेका छन् । उनीहरुलाई भरत श्रेष्ठ नाम बताउने व्यक्ति र काठमाडौं सामाखुशी घर बताउने सुनिल पोखरेलले पर व्यक्ति रु. १ लाख ७५ हजार लिएर गत जेठ ३ गते वैदेशिक रोजगारीको लागि चौधरीद्वयसहित अर्का एक गरी ३ जनालाई दुबई पठाएका थिए । उनीहरुलाई भरत श्रेष्ठ र सुनिल पोखरेलले वर्किङ भिसा भनेर एक महिनाको भिजिट भिसामा दुबई पठाएका रहेछन् । त्यो कुरा पीडितहरुले दुबई पुगेपछि आफूहरु ठगिएको थाहा पाए ।

त्यो पनि दुबईमा रहेका आफन्तहरुले उनीहरुको कागजात हेरेपछि । दुबईमा रहेका आफन्तरहरुले उनहरुलाई तपाईंहरुको यो कागजातले यहाँ बसेर काम गर्न मिल्दैन । तपार्इंंहरु गठिनु भएछ । अब यहाँ बस्दा जेल परिन्छ त्यसैले नेपाल फर्कनुहोस् भने छन् । त्यसपछि दुबईमा रहेका आफन्तले प्लेन टिकटको व्यवस्था गरी चौधरीद्वयलाई नेपाल फर्कादिएका छन् । नेपालबाट गएका ३ जना पीडितमध्ये पवनकुमार चौधरी र सन्तोषकुमार चौधरी नेपाल फर्किन सफल भएका छन् । उनीहरुसँगै गएका अर्का पीडित भने उतै आफन्तको शरणमा पुगेको बताइन्छ । चौधरीद्वय भने नेपालबाट दुबई उडेको १८ दिनका दिन नेपाल फर्किन सफल भएका छन् ।

उनीहरुलाई वैदेशिक रोजगारीमा पठाएको भनेर एक महिने भिजिट भिसामा पठाउने भरत श्रेष्ठको मोबाइल नम्बर ९८२३५२८८९० र अर्का सुनिल पोखरेलको मोबाइल नम्बर ९८६१७५५२८७, ९८१३९०९४९३ रहेको पीडित चौधरीद्वयले तामाकोशी सन्देशलाई बताएका छन् । विदेशमा गएर राम्रो कमाइ गर्ने मीठा सपना बोकेर दुबई पुगेका चौधरीद्वय १८ दिनका दिन नेपाल फर्किएर कानुनी उपचार खोजिरहेका छन् । यसरी दिनप्रतिदिन वैदेशिक रोजगारीको नाममा व्यक्तिगत ठगिधन्दा चलिरहँदा राज्यले त्यस्ता व्यक्तिहरुलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न सकेको छैन । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *