काँग्रेसी कर्मचारीलाई खै कारवाही ?

राजनीति समाचार

डाडु पन्यु आफ्नै हातमा भएपछि राजश्व मार्ने कर्मचारीहरुलाई सात खत माफी दिन मिल्ने हो ? होइन भने,सबैभन्दा गम्भीर अपराध भित्र पर्दछ,राजश्व मार्नु । यस्ता धन्दामा अर्थ मातहत र राजश्वका कर्मचारीहरु निकै अगाडि हुन्छन् । कर्मचारी संगठनका बलमा मालदार कार्यालयमा पुगेर जागिर खाने,अकुत आर्जन गर्ने धन्दा नै चलाइरहेको भेटिन्छ ।

यस्तै धन्दामा सक्रिय थिए इन्दु शर्मा,जो काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनका उपमहासचिव । प्रशासन सेवाबाट फड्को मारेर राजश्व तिर प्रवेश गरेका उनी केही समय भैरहवा भन्सार कार्यालयमा बसे । नियम अनुसार भैरहवा भन्सारबाट रसुवा भन्सारमा सिधै फड्को मार्न मिल्दैन तर अर्थ मन्त्रालयका हर्ताकर्ता गोपाल पोखरेल, डन उपाध्यक्ष उत्तमबहादुर कटवालहरुको छत्रछायाँ पाए पछि सिधै रसुवा भन्सारमा पुगे । त्यति बेला रसुवा भन्सार बन्द थियो ।

प्रचण्ड प्रधानमन्त्री बनेपछि गत चैत्रदेखि रसुवा नाका खुल्यो । त्यही समयमा व्यापारीसँग मिलेर ४ करोडभन्दा बढी राजश्व छलीमा मुछिए । भन्सार विभागले नासु इन्दुका अलवा त्यहाँका हाकिमलाई समेत विभागीय कारवाही ग¥र्यो । एउटा सरकारी निकायले नै उनीमाथि विभागीय कारवाही गरे पछि संगठनले पनि त्यही अनुसार कारवाही गर्नुपर्दथ्यो तर गोपाल पोखरेल र उत्तम कटवालहरु अर्थमन्त्री प्रकाशशरण महतदेखि आरजु राणा,शेरबहादुर देउवासम्मलाई लगाएर राजश्व मारा सुब्बालाई उन्मुक्ति दिन लागि परे ।

र सफल पनि भइछाडे । जसरी नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्नबाट पार्टीले खुट्टा कमाइरहेको छ, उसैगरी निजामती कर्मचारी युनियनका नेताहरुले खुट्टा कमाए । गोपाल पोखरेल र उत्तम कटवालका अन्न पानी दाता भएका कारण उनीमाथि कुनै विभागीय कारवाही भएन बरु चोख्याउनका लागि भरमग्दुर प्रयासमा लागे,गोपाल,उत्तम र यज्ञहरु । यो अभियान सफल भए पछि गोपाल,उत्तम,यज्ञ ओली,जगत पाठक र उनै इन्दु शर्माहरु जाँड पार्टीमा जुटेको तस्विर सार्वजनिक भएको छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *