एमालेमा ७० वर्षे नाटक

राजनीति समाचार

काठमाडौं । आफ्नो स्वार्थमा पार्टीलाई जसरी परिचालन गर्न सकिन्छ, त्यो सबै काम तामेली गरेपछि नेकपा एमालेका अध्यक्ष केपी ओलीले ७० वर्षे प्रावधान हटाएका छन् । एमाले विभाजनले पार्टीको कुनै पनि एजेण्डा सामुहिक बनेका छैनन् ।

ओलीले जे ल्याउँछन्, त्यो पार्टीको दस्तावेज बन्ने परम्पराबाट सात वर्ष बित्दै गर्दा राष्ट्रपतिबाट फर्केकी विद्या भण्डारी, राष्ट्रियसभाका सांसद वामदेव गौतम, एकीकृत समाजवादीमा भन्दा ठूलो पार्टीमा बस्न पाइन्छ भनेर एमालेमै फर्केका मुकुन्द न्यौपानेका लागि पनि एमालेले ७० वर्षे हदम्याद हटायो ।

एमाले भित्र दर्शन र सिद्धान्तको बहस छैन, त्यहाँ जनताको बहुदलीय जनवादलाई तारा ठान्ने वामदेव गौतमहरुको आयस्रोत महल निर्माण आकासे आम्दानीले बनेकै छ । सत्तामा हुँदा सुन तस्करकै सारथी भएबापत वामदेवले दाम कमाए । २०७४ सालमा चुनाव जित्यो । एमाले माओवादीले झण्डै दुई तिहाई ल्यायो । वामदेवलाई केपी ओलीकै डिजाइनमै ईश्वर पोखरेल, सूर्य थापा, विष्णु रिमाल, शंकर पोखरेलसम्मले चुनाव हराए । केपी अध्यक्ष भएको एमालेले वामदेव गौतमको उजुरीसमेत छानबिन गरेन । गौतमलाई ओली समूहले चुनाव हराउनुमा ओलीलाई प्रधानमन्त्री बन्नबाट रोक्छन् भन्ने थियो । माधव, झलनाथ, वामदेव एक हुँदा केपी ओलीले प्रधानमन्त्री बन्न पाउने अवस्था सहज थिएन ।

पार्टीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, ट्यांकी मास्टर हुँदै ओम्नी काण्डका नायक भएकाले शिर ठाडो गर्न सक्ने आँट छैन । रामबहादुर थापाको करामत नक्कली भुटानी शरणार्थी काण्ड काफी छ । सुवास नेम्वाङले पढेको कानून केपीको मनमा जे लाग्छ, त्यही बोल्छन् । विष्णु पौडेल, प्रदीप ज्ञवालीहरु केपीको सहयोगी बन्दा कालो र सेतो चिन्न र भन्न नसक्ने आदर्शहरु हुन् । वामदेवलाई एमालेप्रतिको मोह थियो भने विभाजन किन गरेको ? केपी ओली आफ्नो खेती लगाउने र भत्काउने तयार छन् । नेपालमा भ्रष्टाचार गर्ने एमालेमा अहिले अर्काे विकल्प देख्ने अवस्था छैन ।

माधव नेपाल, झलनाथ खनाल, एकीकृत समाजवादीमा रमाएका छन् । माधव अध्यक्ष नै भएकाले रमाउने नै भए झलनाथ खनाल एमालेमा फर्कने गरी खुट्टा उचाल्दै थिए । अहिले संगठन गर्ने तागत झलनाथ र वामदेवसँग छैन । केपी ओली स्वयंको लागि पनि विधानतः ७० वर्षे प्रावधान हट्नुपर्ने नै थियो । यो प्रावधानले एमालेभित्र ओलीको विरुद्धमा बोल्ने शक्तिलाई ठाउँ दियो । किनकी एमाले पार्टीभित्र भाग खोज्ने धेरै छन् । त्याग र निष्ठाको राजनीति सबै कम्युनिष्टमा हराएको छ ।

कम्युनिष्टले वर्गीयता त्यागेर जब जातियतामा रमाउन थाले, त्यसपछि नेपाली कम्युनिष्ट भ्रष्टाचार गरेर सम्पत्ति कमाउने भए । केपी ओलीको सरकारको पालामा १ दर्जन काण्ड जोडिएका छन् । ती काण्डबाट मुक्ति हुन केपीले छरिएका वामदेव र लोभिएका झलनाथलाई फर्काउनुपर्ने भएर ७० वर्षे प्रावधान हटाएका छन् । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *