सुन खाने यी तीन पात्र

राजनीति समाचार

काठमाडौं । जनताको मुक्तिका लागि भन्दै जनयुद्धका बेला बैंक लुटेर जम्मा भएको सुन दबाउने माओवादीका तीन नक्षत्र (देवेन्द्र पौडेल ९ केजी, शक्ति बस्नेत १९ केजी, टोपबहादुर रायमाझी १३ केजी) को सर्वत्र चर्चा छ ।

रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिँदा शक्ति बस्नेत उर्जामन्त्री छन् भने देवेन्द्र पौडेल गत मंसिरसम्म शिक्षामन्त्री थिए । पौडेललाई उठाउन दिनानाथ शर्माले सिकाएका हुन् । मादक पदार्थ सेवन नगर्ने मान्छे भट्टीमा जाँदैन भनेझैं नेता र मान्छेलाई शक्ति जरुरी हुन्छ । त्यहीकारण आफ्नो अपराधबाट बच्न र धन संकलन गर्न टोपबहादुरले नेकपा एमालेको ओलीपथ रोजेको बताइन्छ ।

रायमाझी पुत्र सन्दीप रायमाझी र विश्वदिप पाण्डेको विवाह बुटवलमा हुँदा दर्शक बनेका रुपन्देहीका प्रेम रिमालले उनीहरुको आचरणबाट दिक्क मानेर तीनप्रतिको श्रद्धा गुमेको बताएका छन् । जनताले बैंकबाट ऋण लिँदा बैंकमा राखेको सुन लुटेका रायमाझीले छोराको विवाहमा देखाएको १० वर्षे जनयुद्धको योजनाकार प्रचण्ड, बादल र डा.बाबुराम हुन् । रामबहादुर थापा बादलले छोरालाई प्रहरीमा बुझाउन चाहेनन् । तर रायमाझीभन्दा उनका छोरा प्रहरी कस्टडीमा पहिला परेपछि रन्थनिएका थिए ।

पशुपतिको जलारी काण्ड र नक्कली भुटानी शरणार्थी काण्डले नेपालका कम्युनिष्टहरु प्रति सद्भाव घटेको छ । कम्युनिष्टको नाममा लुट्नेहरुले सरकारमा तेस्रो शक्तिले नेतृत्व गर्दा आवेग प्रकट गर्नु भनेको गैरराजनीतिक गतिविधि हो । जनतालाई तड्पाएको जनयुद्धले शान्ति प्रक्रिया पछिको यो अवधिमा अधिकार त दिलायो । तर त्यो अधिकार उपभोग गर्न दिएको छैन, सरकारमा माओवादी छ । संसदमा एमाले जस्तो शक्ति जनताको हितमा बोल्दैन । मजाकमा उडाउने एमाले सांसदहरुको प्रस्तुतिले त्यो समूह ओम्नी काण्ड बढी नउचालिउन भन्नेमा छ ।

सत्ता शक्ति नेताहरुलाई जरुरी हुन्छ, जसले क्युनिष्टको नाममा राज्य स्रोतको दोहन गरेको हुन्छ । टोपबहादुर छुट्टै पात्र हुन् । जसले छोरालाई कारोबार गर्न लगाए, आफुँ नीति निर्माणको तहमा शक्ति आर्जन गरेका थिए । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *