पढाईमा अब्बल, घुस खानमा पनि दख्खल

राजनीति समाचार

निजातमी भित्र अब्बल कर्मचारीहरु नभएका होइनन् । पछिल्ला समय पढाईमा तेज र अब्बल भएर निजामती क्षेत्रमा छिरेका कर्मचारीहरु घुस खानमा समेत दख्खल देखिएका छन् । यस्का पछिल्ला दुई वटा उदाहरण हेरौं, पाल्पाका प्रमोद नेपालले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्ने क्रममा स्वर्णपदक पाएका थिए ।

सरकारी सेवामा प्रवेश गरेपछि उनले नागरिक उड्ययन प्राधिकरणमा काम गरेका उनी एयर ट्राफिक कन्ट्रोलर–एटीसी) भएर पनि काम गरे । त्यहाँबाट बेलायतमा छात्रवृत्तिमा पढ्ने अवसर पनि पाए । छात्रवृत्तिमा अध्ययन सकेर नेपाल फर्किएको आठ महिनामै २२ लाख घुससहित अख्तियारको फन्दामा परे,नागपोखरीको एउटा होटल बाट । पर्यटन व्यवसायीसँग घुस मागेको संकेत पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गुप्तचरी टोलीले नागपोखरीस्थित होटल अरण्यमा घुस लिएको सुनिश्चित भएपछि टोलीले पक्राउ ग¥र्यो । अख्तियारले उनीविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको भए पनि उनी वयान दिन नगइ फरार छन्

। यस्तै पढाईमा छुरा थिए नायब सुब्बा,रेबन्त खड्का । उनी त्रिभुवन विमानस्थलमा कार्यरत थिए । विद्युतीय चुरोटभित्र लुकाएर ल्याइएको सुन तस्करसँगको मिलेमतोमा करिब ६ करोड मूल्यबराबरको सुन तस्करी भएको छ भेटिएपछि सिआइबीको टोलीले अनुसन्धान अगाडि बढायो । उनी पनि उपसचिव नेपालझैं पढाईमा अब्बल थिए ।

१९ वर्षकै उमेरमा सुब्बामा नाम निकालेका खड्का एक वर्षदेखि गौचरस्थित भन्सार कार्यालयमा कार्यरत थिए । गत माघमा चीनबाट आएको ७३० बाक्सा इलेक्ट्रिक चुरोट गैरकानुनी ठहर गर्दै भन्सार कार्यालयले जफत गरेको थियो । विमानस्थलको गोदाममा थन्क्याइएको उक्त बाक्सा साटेर उनै युवा कलेज टपर सुब्बा खड्काले साटेर त्यहाँको सुन निकालेर न्यूरोडमा बेचेको तथ्य खुलासा भए पछि अहिले अप्ठ्यारोमा परेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *