असफल मन्त्रीको कृषि उपजमा भ्याट

राजनीति समाचार

काठमाडौं । अर्थशास्त्रका पिएचडीधारी कांग्रेस र एमालेबाट अर्थमन्त्री बन्दा जति साहु महाजनको प्रिय बन्छन्, तस्कर र माफियाको बिचौलिया बन्न लाज मान्दैनन् । तर अर्थको कुनै छेकछन्द नपाएका कृष्णबहादुर महरा वर्षमान पुन अर्थमन्त्री बन्दा कुनै ठग महाजनको सेवक भएनन् । कृषि उपजमा भ्याट लगाएनन् ।

डा.युवराज खतिवडाले अग्रवाल समूहको राम्रै सेवा गरे । कांग्रेसका डा.प्रकाशशरण महतले पनि त्यो बाटो त्यागेनन् । यसपटक त प्रधानमन्त्री प्रचण्डले अर्थ मन्त्रालय लिँदै गर्दा एमालेका सुकुम्बासी ललिता निवास काण्डका नेता विष्णु पौडेलले तयार पारेको बजेटको रुपरेखा र राजस्वको दरमा खेल्न पूर्व नासु रामकुमार श्रेष्ठलाई फागुनमै करारमा नियुक्ति गरेर व्यापारीको स्वार्थ पुरा गर्न लागिपरे । १५ लाखसम्मको पुँजीमा भ्याट लाग्दैन भनेर सरकार भन्छ । तर, त्यही सरकारले कृषि उपजमा भ्याट लगाउँदा विपक्षी दलहरु बोल्दैनन् ।

अर्थ मन्त्रालय प्रवेश गरेका डा.युवराज जस्ता व्यक्तिलाई केपी ओलीले ४१ महिने सरकारमा कुनै खबरदारी गरेनन् । खतिवडालाई गभर्नर बनाउने योजना आयोगको सदस्य र उपाध्यक्ष बनाउने केपी नै थिए । जसले एमालेको हितमा केही गरेनन्, बरु पार्टी नै बद्नाम भयो । एमालेले देश र जनताभन्दा अग्रवाल दुगड, शेर्पा समूहको कल्याण गरायो । जनतालाई साल्ट टे«डिङको नुन आफ्नो कम्पनीको लोगो टाँसेर ठग्ने दुगड माथि कारवाही भएन ।

अर्थको विज्ञ भनेर गर्व गर्ने उद्योग बेचेर कुम्ल्याएका डा.रामशरण महत जस्तै बन्न नभ्याएका भाइ डा.प्रकाशशरण महतको विगतको कार्य पद्दति घुस्याहा थियो । उनकी श्रीमतीले बहिनीज्वाईं पर्ने नुवाकोटका श्याम मदन केसीलाई प्रयोग गर्थिन । अहिले डा.आरजु र मञ्जुको भ्रष्टाचारको रत्यौलीले कांग्रेसलाई थिलोथिलो बनाएको बेला लोकतन्त्रका अर्थमन्त्री असफल भएका हुन् ।

नेकपाको नाममा बनेको सरकारले भ्रष्टाचार र बिचौलियाको विरुवालाई मलजल गर्ने काम कांग्रेसले गर्नुपर्छ । किनकि यी दल राष्ट्रका लुटाहा बन्दा जनताका पीडित बनेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा यी दुबै दलका गैडा र हात्ती जोडिएका छन् । तिनलाई उम्काउन केपी र देउवा लागेका छन् ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *