अध्यक्षले गरे अपराधीको संरक्षण

राजनीति समाचार

काठमाडौं । आफ्नो स्वार्थ पुरा गर्न पार्टीका नेता कस्तो सम्म हुन्छन्, कस्तालाई च्याप्छन् भन्ने कुरा धमाधम सार्वजनिक हुँदैछ । कांग्रेसका सभापति शेरबहादुर देउवा भन्दा डा.आरजु देउवा अगाडि छिन् । देउवालाई काम गरेर पैसाको चासो हुँदैन । तर एमालेका अध्यक्ष केपी ओली पैसाको हिसाबकिताब आँफैं राख्छन् भन्ने कुरामा पार्टीमा उनको प्रवृत्तिले नै झल्काउँछ । उमेरहद ७० खारेज गर्दा ओलीका अगुवा पछुवाले विरोध गरेनन् । बरु मुकुन्द न्यौपाने र वामदेवहरु खुसी भएका छन् ।

ओलीले मिटर ब्याजका बिचौलिया नवराज सिलवाललाई सांसद बनाए, जसले सिन्धुपाल्चोकका भोगेन्द्र थापालाई पदको रवाफले धम्काएका मात्र थिएनन लगानीभन्दा तीनगुणा रकम असुलेका थिए । उनलाई आईजीपी बनाउन तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की न्यायाधीशहरु सपना प्रधान, हरिकृष्ण कार्की खुलेर लागे । तर जयबहादुर चन्द र नवराजको झगडाले प्रकाश अर्याल त्यो बेला आईजीपी भए । गुण्डा नै पेशा बनाएका पर्शुराम बस्नेतलाई केपी ओलीले संरक्षण गरेको आरोप छ । रमेश बाहुन पनि एमाले भए । बाहुनको धम्कीले काठमाडौंका व्यापारी हैरान थिए ।

सशस्त्र प्रहरीका असई थमन विकको हत्या गर्ने लक्ष्मी कोइरीलाई महोत्तरी १ बाट टिकट दिएर जिताउने केपी ओलीलाई कोइरीको निलम्बनले चेत खुलेको छैन । कोइरी जसपा छाडेर एमालेबाट टिकट लिएका हुन् । एमालेको सांसद एवं पार्टी सचिव भएका टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका छन् । यो काण्डको जन्मदाता केपी स्वयं हुन् । केपीको कार्यकालमा नेकपा एमाले फुटेको छ । एमाले सत्तामा हुँदा भएको जलारी काण्ड अहिले निकै चर्चित बनेको छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *