वामदेवले इश्वरको वरिष्ठता खोस्दै ?

राजनीति समाचार

काठमाडौं । पार्टीमा हावा व्यक्तिको उपाधी दिए फरक नपर्ने वामदेव गौतमले एमालेमा आन्तरिक विद्रोह निम्त्याउँदै छन् । जनताले पत्याए पनि केपी गुटले बर्दियाबाट हराएको कारण वामदेवलाई एमालेमै रहने अवस्था भएन ।

नेकपा विभाजनबाट गौतमलाई पनि खेद्यो । राष्ट्रिय सभाको सांसद ६ वर्षको लागि भएपछि गौतम विभाजित शक्तिलाई एक बनाउने घोषणा गर्दा पनि काम लागेन । गौतमले एकता अभियानमा निमकान्तजस्ता चतुर खेलाडी प्रचार विभागमा पुगेपछि धेरैको चाख त्यहाँ भएन । डिबी कार्की, केशवलाल श्रेष्ठ जस्ता उठाउनेहरु त्यही छन् ।

अहिले एमालेले ७० वर्षे उमेर हद घटाएको छ । वामदेव गौतम, मुकुन्द न्यौपानेहरुलाई बाटो खुलेको छ । त्यो एमालेमा युवाहरुले नेतृत्व लिने घनघोर प्रचार गरेका थिए । आफै बद्नाम विष्णु पौडेल, शंकर पोखरेल, योगेश भट्टराईहरु निकै आशावादी थिए । अध्यक्ष पछिको वरिष्ठ उपाध्यक्ष भएपनि ईश्वर पोखरेलले कार्यवाहकका रुपमा मौका पाएनन् । अहिले वामदेव गौतम अध्यक्ष पछिको ठूलो पदि पाउनुपर्छ भन्दैछन्, वामदेवको यो आशमा ६० लाख मत पु¥याउने हल्ला जोडिएको छ । धरातल नहेरी बोल्ने र पत्याउने नेताको जोडी मिल्दा ईश्वरको ठूलो पद गुम्नेछ ।

गौतमलाई मात्र होइन, कम्युनिष्टदेखि कांग्रेसका नेताको लुटले आएका नयाँ पार्टी पूर्वी तराईको जनमत पश्चिमको नागरिक उन्मुक्ति र शहरी क्षेत्रको रास्वपाले पाएको जनसमर्थनले ठूला पार्टीको अस्तित्व कहाँ पुग्छ, त्यसको परीक्षण उपचुनावले दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणचमा एमालेका नेता कार्यकर्ता धेरै जोडिएका छन् । कम्युनिष्ट भन्नेहरुबाट देशमा भ्रष्टाचार बढी भएको छ । जनताको सरोकारमा चासो दिँदैनन् । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *