सरकारको कोषमा पैसाको थुप्रो लगानी सून्य

राजनीति समाचार

काठमाडौं । अहिले तीन तहको सरकार बनेपछि ब्यापक रुपमा अनउत्पादित क्षेत्रमा फजुल खर्च बढेको छ । त्यसरी अनुत्पादित क्षेत्रमा फजुल खर्च बढेपछि राज्यलाई आर्थिक भार थेग्न हम्मेहम्मे परिरहेको बेला सरकार भने मुकदर्शक जस्तै बनेर बसेको छ ।

यतिखेर नेपालमा आर्थिक मन्दी छाएसँगै नेपाल सकारका विभिन्न निकायका कल्याणकारी कोषहरुमा पैसा बिनाकाम थुप्रिएर बसेको छ । त्यसरी अनउत्पादित ढंगले कल्याणकारी कोषका नाममा पैसा थुप्रिने निकायहरुमा सामाजिक सुरक्षा कोष, नेपाल प्रहरी कल्याणकारी कोष, नेपाल आर्मी कल्याणकारी कोष, कर्मचारी सञ्चय कोष, खानेपानी व्यवस्था बोर्ड, वैदेशिक रोजगार बोर्डलगायत छन् ।

सरकारको मातहतमा रहेका यी निकायहरुमा बिनाकाम थुप्रिएर बसेको पैसालाई सरकारले सर्वसुलभ ब्याजमा ऋण दिएर लगानी गर्नेपर्नुमा त्यो गरिएको छैन । एकातिर सरकारी निकायमै बिना काम पैसा थन्किएर बसेको छ भने अर्कोतिर आर्थिक मन्दी देखाएर सरकार विदेशी दातासँग ऋण लिनको लागि हारगुहार गरिरहेको छ । यसरी सरकारले आर्थिक मन्दीको नाममा विदेशी दाताहरुसँग हारगुहार गर्नुको सट्टा नेपालमै थुप्रिएर बसेको पैसालाई चलायमान बनाउनुपर्ने हो तर त्यतातिर ध्यान दिएको पाइँदैन ।

अहिले अधिकांश क्षेत्रमा बजेटको अभाव देखाएर विकास निर्माणका कामदेखि जनताका दैनिक उपभोग्य वस्तुहरु पनि अभाव हुँदै गएको छ । त्योसँगै अहिले आर्थिक मन्दीले व्यापारव्यवसायहरु पनि ठप्प छन् । यतिबेला काठमाडौं उपत्यकाभित्रका अधिकांश व्यापारीहरु आर्थिक मन्दीकै कारण पेशाबाट पलायन हुन थालेका छन् । आर्थिक मन्दीले गर्दा उपभोक्तासँग पैसा नहुँदा व्यापारव्यवसाय ठप्प हुन थालेपछि अधिकांश सटरहरु बन्द देखिन थालेका छन् ।(तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *