न्यायलय र मेयर बालेन्द्रको घम्साघम्सी

राजनीति समाचार

काठमाडौं । यतिखेर काठमाडौं महानगरका मेयर बालेन्द्र साह र न्यायलयबीच घम्साघम्सी भइरहेको छ । मेयर बालेन्द्र साहले न्यायलयलाई भारतको इसारामा चलेकोसम्म भन्न भ्याएका छन् ।

तर, न्यायलय भने यतिखेर चुपचाप अवस्थामा रहेको देखिन्छ । २०७२ सालको संविधान बने यता संघ, प्रदेश र स्थानीय गरी तीन तहको सरकार बने तापनि अहिले सबैभन्दा शक्तिशाली सरकारमध्ये बागमती प्रदेश अन्तर्गत काठमाडौं महानगरका मेयर बालेन्द्र साह बनेका छन् । मेयर बालेन्द्रले हिन्दी फिल्म र ग्रेटर नेपालको नक्साको विषयलाई लिएर चर्चामा कमाएका छन् ।

तर, राजनीतिक दलका नेताहरु भने यस विषयमा चुइक्कसम्म बोल्न सकेका छैनन् । यतिखेर जस्तोसुकै सजाय भोग्न तयार छु भन्दै मेयर बालेन्द्र शाहले सामाजिक सञ्चालमा स्टार्टस् लेखिरहेका छन् । त्योसँगै उनले सर्वसाधारण जनताबाट हाइहाई पनि भएका छन् । मेयर बालेन्द्रको घमण्डले गर्दा अहिले स्थानीय र केन्द्रीय सरकारबीच मनमुटाव हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *