तोलामा दुईसयले बढ्यो सुनको मूल्य

अर्थ/वाणिज्य समाचार

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । कारोबार साताको दोश्रो दिन सोमबार २०० ले बढेको सुनको मूल्य आज तेश्रो दिन मंगलबार पनि प्रतितोला २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ६०० मा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य १ लाख १० हजार ५० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य आज १ हजार ३७५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँले बढेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *