सरकारी कार्यालयमा कर्मचारी बेपत्ता

राजनीति समाचार

काठमाडौं । भनिन्छ नेपालका ब्यूरोक्रेसीलाई राष्ट्रसेवक कर्मचारी भनेर । तर कर्मचारी राष्ट्रसेवक हुन् कि दलनिकटका कर्मचारी हुन् । नेता कर्मचारी राष्ट्र सेबक होइनन् । यदि कर्मचारी नेताहरु राष्ट्रसेवक कर्मचारी भएदेखि समयमा अफिस जान्थे र सेवाग्राहीको काम गर्थे । अहिले कर्मचारी नेताहरु भने राज्यको ढुकुटीबाट तलबमात्र खान्छन् । अफिसमा गएर काम गदैनन् । उल्टै सरकारी सुविधा लिएर खाने गरेका छन् । बस्न पनि सरकारी क्वाटरमै बस्छन् । त्योसँगै गाडी पनि पाएकै छन् ।

भक्ता पनि खाएकै छन् । गाडीको मबिल र तेल पनि पाएकै छन् । अनि विभिन्न भ्रमणका नाममा निस्कीएर कर्मचारीबाट कमिसन लिएकै छन् । रात परेपछि होटलमा बसेर सुरासुन्दरीमा पनि रमाएकै छन् । अहिले कर्मचारी नेता र नेपाल सरकारका सचिवको सम्पक्ति कसले छानबीन गर्ने ? उनीहरु सुकिला मुकिला भएकै छन् । गाडी पजेरो चढेकै छन् । बंगला बनाएकै छन् । छोराछोरी विदेश पठाएकै छन् । श्रीमती आफन्तलाई घुमाएकै छन् । यो भन्दा मजा के नै हुन सक्छ र ? न त कुनै सेवाग्राहीको फोन उठाउन परोस्, न त तोकिएको समयभित्र नै काम गर्न परोस् ? अहिले यस्ता नेताहरु प्रशस्तै छन् ।

तीमध्ये नेपाली कांग्रेस निकट कर्मचारीहरु, त्यस्तै एमाले निकट कर्मचारीहरु, उता राष्ट्रिय कर्मचारी संगठनका नेताहरु, एकीकृत समाजवादी नेताहरु त्योसँगै मधेसी दलनिकट कर्मचारी नेताहरु । ‘क्या बाद हे ? मजा तो इस्मे हुवाज और कर्मचारीका तो कुछ नै होता ।’ क्या करेङ्गे विचरा ! जुन कर्मचारीको नेता र राजनीतिक दलको चिना परिचय हुदैँन् । पैसा पनि खर्च गर्न सक्दैनन् त्यस्ता कर्मचारीले दुर्गम र विकट ठाउँमा बस्नुपर्ने । बिचरा राष्ट्रसेवक कर्मचारीलाई ।

आफ्ना मान्छे नभएपछि नत बडुवा हुन पाउँछन्, नत सुगम ठाउँमा बस्न पाउँछन् । जता गयो हैरानै हैरान । बल्लतल्ल सुगम ठाउँमा गयो केही कमाउन इच्छा ग¥यो, अख्तियारले समाइहाल्छ, अनि जागिर पनि गइहाल्छ । जसको सोसफोर्स छ, आफन्त छ, उ जहिले पनि मालदार ठाउँमा बस्छ, यस्तालाई नत अख्तियार लाग्छ, नत राष्ट्रिय सर्तक केन्द्र लाग्छ । कठै बरा कर्मचारीलाई ।

केहि कर्मचारी यसो हेर्दा सधैभरी सुकिला मुकिला हसिला देखिन्छन् । कोहि कर्मचारी भने सधैँ निदाउँरो मुख लाएर हिड्ने गरेका छन् । र, समयमा कार्यालय पुग्ने गर्छन्, अनि हाजिरी गर्छन्, अनि सुस्केरा हाल्न थाल्छन् । क्या थकै लाग्यो भन्छन् । तर वरीपरी सेवाग्राहीले घेरीहाल्छन् । सेवाग्राहीले घेरेपछि कार्यलय प्रमखुले भन्ने गर्छन्, के तपाईको काम भएको छैन ?

फलानोलाई गएर भेट्नुस् त भनेर अह्रराउँछन् । सेवाग्राही पनि सो कर्मचारीलाई भेट्न कोठामा पुग्छन. । तर कुर्सी हुन्छ कर्मचारी गायब । उता ठुलाबडा कर्मचारी नेताहरु नत कुर्सीमा भेटिन्छन्, नत कार्यालय नै जान्छन् । उनीहरुलाई फुर्सद नै हुदैँन । फोन उठाउँदा उठाउँदा हैरान हुन्छन् । अनि भाषण गर्दागर्दैमा दिन जान्छ । अनि कसरी गर्लान् त सरकारी कार्यालयको काम ? (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *