नेपाल टेलिकम भ्रष्टाचारको दलदलमा कहिलेसम्म ?

राजनीति समाचार

काठमाडौं । भ्रष्टाचार र राजनीतिक भर्तीकेन्द्र बनाइएका कारण नेपाल टेलिकम झन् जर्जर अवस्थातिर उन्मुख हुँदै गएको छ । अहिले नेपाल टेलिकमभित्र प्रवन्ध निर्देशक र कर्मचारीहरुको लापरवाहीले गर्दा अधिकांश मोइलहरु बीचैमा काटिने र सम्पर्क नहुने जस्ता समस्याले गाँजेको छ । त्यति मात्रै होइन, टेलिकमले टेलिफोन सेवासँगै फाइबर इन्टरनेट सेवा पनि दिँदै आएको छ । टेलिकमले फाइबर इन्टरनेट र ल्याण्डलाइन फोन जडान गर्दा रु. १० हजार लिने गरेको पाइन्छ ।

त्योसँगै जोडिएको फोन र इन्टरनेटले भने टेलिकमले दावी गरेअनुसारको सुविधा सेवाग्राहीले पाउन सकेका छैनन् । त्यस्तै पछिल्लो समय टेलिकमको ल्याण्डलाइनमा प्रयोग गरिँदै आएको कपर केवल विस्थापित गर्न अप्टिकल फाइबर बिछ्याउँदै आइएको छ । तर, त्यसरी बिछ्याइएको कपर केवल व्यवस्थापन गर्न नसक्दा हराउने समस्या पनि त्यत्तिकै छ । त्यस्ता तारहरु कर्मचारी र विचौलियाको मिलेमतोमा टेलिकमका विभिन्न शाखाहरुबाट हराउने गरेको पाइन्छ ।

कतिपय फाइबर इन्टरनेट बीचैमा फोन काटिने, भनेको बेलामा सम्पर्क नहुने र इन्टरनेट पनि छिनछिनमा अबरुद्ध हुने समस्याले सेवाग्राहीहरु हैरान भइरहेका छन् । टेलिकमभित्रकै केही कर्मचारीहरुले भन्ने गरेका छन्, ‘यदि नेपाल टेलिकमले समयमै प्रिपेड, पोष्पेड र सीडीएमए मोबाइल वितरण नगरेको भए यतिबेला नेपाल टेलिकम हेटौडा कपडा उद्योग, जनकपुर चुरोट कारखान, हरिसिद्धि इँटाटायल कारखानाको अवस्थामा परिणात हुने थियो ।’ प्राइभेट क्षेत्रबाट सञ्चालित दूरसञ्चार प्रदायक संस्थाहरुसँग प्रतिस्पर्धा गरिरहँदा सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकम भने दिनप्रतिदिन खस्किँदै गएको छ ।

सेवा खस्किएसँगै नेपाल टेलिकमभित्रका कर्मचारीहरुको भ्रष्टाचारका विभिन्न काण्डहरु बेलाबखत बाहिर नआएका होइनन् । फाइबर बिछ्याउने नाममा ८ अर्बको कामलाई तत्कालीन प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले १८ अर्ब सिध्याएको आरोप खेपेकी थिइन् । त्यतिबेला राजभण्डारीलाई टेलिकममा ठूलो मात्रामा भ्रष्टाचार गरेको आरोपसँगै अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा मुद्दासमेत परेको थियो । त्यसपछिका प्रवन्ध निर्देशकहरुले पनि टेलिकमभित्र विभिन्न सेवाको नाममा भ्रष्टाचार गरेको समाचार सञ्चारमाध्यममा नआएका होइनन् ।

हालका प्रवन्ध निर्देशक सुनिल पौडेललाई पनि बिलिङ मेसिन खरिद नगरी पुरानै बिलिङ मर्मत गरी करोडौं भ्रष्टाचार गरेको आरोप लागेसँगै अख्तियारले छानविन गर्दै छ । त्यो छाविनविनलाई भित्री रुपमा गुपचुप बनाउने चलखेल पनि भइरहेको छ । अहिले आर्थिक वर्ष सकिन लाग्दा विभिन्न सामान खरिददेखि फाइबर विछ्याउने नाममा भ्रष्टाचार भइरहेको समाचार स्रोतको भनाइ छ । त्योसँगै नेपाल टेलिकमको केन्द्रदेखि विभिन्न शाखा कार्यालयहरुमा यतिखेर व्यापक रुपमा भ्रष्टाचार मौलाएको बताइन्छ ।

खासगरी इन्टरनेट र ल्याण्डलाई फोनको तार, पोल, फाइबर बिछ्याउनेदेखि टेलिकमलाई आवश्यक पर्ने विभिन्न सामग्री खरिदमा ब्यापक भ्रष्टाचार भएको स्रोतको दावी छ । त्योसँगै ज्यालादारी, अस्थायी र करारमा कर्मचारी हटाउने र भर्ना गर्ने विषयमा पनि विभिन्न शाखाहरुमा भ्रष्टाचारसँगै वादविवाद हुँदै आएको छ । त्यसैगरी टेलिकम सेवालाई चुस्तदुरुस्त बनाउने नाममा टावर राख्ने र विद्युत् सेवा नभएको ठाउँमा ब्याट्री चार्जमा समेत ठूलो मात्रामा भ्रष्टाचार हुने गरेको बतान्छ ।

तर, सम्बन्धित निकायले भने यस्ता विषयमा छानविनसमेत गरेको पाइँदैन । त्यसकारणले पनि नेपाल टेलिकम दिन प्रतिदिन घाटामा गइरहेको छ । अहिले टेलिकमभित्र अधिकांश शेयरधनीहरु कर्मचारी भएकै कारणले हो अथवा प्रवन्ध निर्देश र सञ्चालक समितिको कारणले हो यो दूर्दशामा आइपुगेको कर्मचारीको भनाइ छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *