पर्यटन बोर्डमा ३० करोडको हिनामिना, रमिते मन्त्री

राजनीति समाचार

काठमाडौं । दशदलीय गठबन्धनमा बनेको सरकारले ६ पार गर्न लागेको छ । तर, अधिकांश मन्त्रीहरुले जनचाहनाअनुसार काम गरेकोे पाइँदैन । कलबलछल गरी सरकारको नेतृत्व गरेको पार्टीबाट दुई मन्त्रीले केही देखिने गरी कामगरेको पाइन्छ । त्यसरी काम गर्नेमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती छन् । तर, किराँतीले सम्हालेको मन्त्रालयअन्तर्गत पर्ने पर्यटन बोर्डमा भने अहिले व्यापक रुपमा भ्रष्टाचार मौलाएको छ ।

पर्यटन बोर्डमा सिईयो धनन्जय रेग्मी र पर्यटन सचिव सुरेश अधिकारीको हालीमुहाली चल्दै आएको छ । २०७६ सालको कोभिडको कारण थलिँदै आएको पर्यटन बोर्ड अहिले २०८० मा आइपुग्दा पर्यटनभित्रको भ्रष्टाचारले यो क्षेत्रमा बद्नाम बन्दै गएको छ । किन की पर्यटन बोर्डका सिईयो धनन्जय रेग्मी र सचिव सुरेश अधिकारीको मिलेमतोमा विश्वका विभिन्न मुलुकमा आफन्त र आफ्ना वरीपरिका कर्मचारी पठाउने र कमिसन खाने होडवाजीले पर्यटन बोर्डन अहिले बद्नाम हुन पुगेको छ ।

पर्यटन बोर्डमा अहिले कुनै पनि काम हुन सकेका छैनन् । विदेश भ्रमणमा जाने क्रममा ३० करोडभन्दा बढी खर्च भइसकेको छ । त्यसरी विदेशमा गएर खर्च गरिएको पैसाको हिसाबकिताबको पनि पारदर्शीता छैन । पर्यटनको सिलसिलामा विदेश जानेले कमिसन नदिएमा जानबाट बञ्चित हुने गरेका छन् । बोर्डका कतिपय कर्मचारीहरुले त सिईओ र सचिवको यस्तो गतिविधि देखेर मुख देखाउन पनि लाजमर्दो भएको गुनासो गर्न थालेका छन् । त्यतिमात्रै होइन बोर्डबाट हिमाल आरोहण गर्नेदेखि आवश्यक सामग्री खरिदमा समेत खाने गरिएको छ ।

यसरी अधिकांश पर्यटन व्यवसायीसँग मिलेर कमिसन बटुल्ने र भागबन्डा मिलाउने काम सिईओ र सचिवले गर्दै आएका छन् । त्यसकारणले पनि अहिले पर्यटन मन्त्री किराँतीले जतिसुकै राम्रो काम गरेपनि उनको मन्त्रालयअन्तर्गतका निकायमा भद्रोगल अवस्था देखिन्छ ।

त्यस्तै नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, पर्यटन बोर्डका सिईओ र सचिव तथा नाथुमका कर्मचारीहरुले गर्दा राम्रो काम गरेको दावी गर्ने मन्त्री किराँतीको धज्जी उडाउने काम गरेका छन् । त्यस्तै अहिले नाथुमका कार्यकारीमा कसलाई ल्याउने भनेर पनि खेलोफड्को भइरहेको छ । यतिबेला नाथुमको कार्यकारी बनाउन मन्त्रीलाई भन्दा पनि सचिवलाई हतारो भएको छ । त्यस कारणले पनि पर्यटनमन्त्रीले राम्रो गरेँ भनेर जति गुड्डी हाँके पनि कर्मचारी क्षेत्रबाट उनलाई असहयोग हुँदै आएको छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *