खानेपानीमा शाक्य ‘आउट, ज्ञानेन्द्र इन’

राजनीति समाचार

काठमाडौं । काठमाडांै उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यलाई गत विहिबार हटाइएको छ । उनको ठाउँमा सिनियर ज्ञानेन्द्रबहादुर कार्कीलाई नियुक्त गरिएको छ । विगत लामोसमयदेखि खानेपानी लिमिटेडका मिलन शाक्यलाई विभिन्न आरोप प्रत्यारोप लाग्दै आएको थियो ।

उनी खानेपानी लिमिटेडको कार्यकारी निर्देशक हुँदा कुनैपनि माखोे मार्ने काम गरेका थिएनन् । खानेपानी लिमिटेडभित्र विभिन्न दलनिकट कर्मचारी युनियनहरुले मिलन शाक्यलाई घुमाएर काम गर्न दिएका पनि थिएनन् । मिलन शाक्य पनि आफ्नो जागिर जोगाउनलाई विभिन्न राजनीतिक दलका युनियनका नेताहरुलाई चाकडी र चाप्लुसी गर्दै दिन बिताउने गरेका थिए ।

मिलन शाक्य आफ्नो छवि कसरी जोगाउने र कसरी कमाउन सकिन्छ भन्ने ध्याउन्नमा लाग्ने गरेका थिए । त्योसँगै उनले कसैलाई गन्ने गरेका पनि थिएनन् । मिलन शाक्य विभिन्न शक्तिकेन्द्र धाउने र मन्त्रालयका कर्मचारी र युनियनका कर्मचारहरुलाई रिझाएर तलब भक्ता खानमै सिमित भए । अधिकांश खानेपानी आयोजनाका कामहरु अलपत्र अवस्थामा रहेका थिए ।

अब खानेपानी लिमिटेडमा ज्ञानेन्द्र बहादुर कार्कीले कस्तो काम गरेर देखाउँछन् यो भने यकिन भइसकेको छैन । आगामी दिनमा ज्ञानेन्द्र बहादुर कार्कीले खानेपानीको सिईओमा आवेदन पनि खुलाउन सक्नेछन् । सिईओ छनोट प्रतिस्पर्धाको आधारमा हुने देखिन्छ । अहिलेसम्म उपत्यका खानेपानी लिमिटेडलाई डुबाएका तत्कालीन निर्देशकदेखि मिलन शाक्यसम्मले खानेपानी लिमिटेडलाई उठाउन सकेका थिएनन् । उल्टै खानेपानी लिमिटेडलाई धरासायी पारेर भ्रष्टाचार गर्ने गरेका थिए ।

त्योसँगै खानेपानी लिमिटेडभित्र भ्रष्टाचारीहरुको हालीमुहाली चल्ने गरेको थियो । त्यस्तै, विभिन्न दलनिकट कर्मचारीहरुले पनि काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई दुहोनो गाई नै बनाएका थिए । त्यसको विरुद्धमा सबै कर्मचारीहरु आक्रोशित पनि बनेका थिए । अब पालो रहेको छ ज्ञानेन्द्र बहादुर कार्कीको ।

कार्कीले के÷कस्ता काम गर्छन् त्यो भने भविष्यले बताउँला । तर अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा ज्ञानेन्द्र बहादुर कार्कीलाई ल्याएपछि कर्मचारीहरु पनि खुसी भएका छन् । कार्की सिनियर र जेष्ठताको आधारमा ११ औं तहमा कार्यरत थिए । उनलाई अहिले प्रमुख कार्यकारी निर्देशक बनाइएको छ । अब खानेपानी लिमिटेडलाई तत्कालीन कार्यकारीलेभन्दा हालका कार्कीले केहि गरेर देखाउँछन् भन्ने विश्वास आम खानेपानीका कर्मचारीलाई भएको छ । तर उनलाई अहिलेसम्म नराम्रो काम गरेको आरोप लागेको छैन ।

उनलाई विगार्न भने राजनीतिक दलनिकट कर्मचारीहरु नलाग्लान भन्न सकिँदैन । खानेपानीजस्तो सम्वेदनशील क्षेत्रलाई कार्कीले कसरी चलायमान बनाउछन् त्यो भने हेर्न बाँकी नै छ । कतिपय खानेपानी आयोजनाका कर्मचारीहरु भ्रष्टाचारमा डुबेका छन् । र, त्यस्ता भ्रष्टाचारी कर्मचारीहरुलाई कसरी नियन्त्रण गर्छन् त्यो पनि प्रतिक्षाको विषय बनेको छ ।(तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *