सहकारी विभागका कर्मचारी खामबन्दीमा मस्त

राजनीति समाचार

काठमाडौं । भ्रष्टाचार विरोधी अभियन्ता भरत जंगमले आफु अध्यक्ष रहेको साई वचत सहकारीको ५ करोड हिनामिना गरेका छन् । जंगमको सहकारीको उपाध्यक्षष् रास्वपाका अध्यक्ष रवि लामिछानेकी पत्नी निकिता पौडेल रहेकी छिन् । सहकारीको नाम भने साई स्वागत बचत तथा ऋण सहकारी, काम भने भरत जंगमको लुटको भकारी भएको सहकारीविरुद्ध काठमाडौं महानगरमा उजुरी परेको छ । पौडेल नारी टिभीको सञ्चालिका पनि हुन् ।

भ्रष्टाचारको विरोध गर्ने जंगमले मनकामना केवलकारका संस्थापक स्व.लक्ष्मणबाबु श्रेष्ठसँग ३ करोड माग्दा नदिएपछि केवलकारले सार्वजनिक जंगल फडानी गरेको प्रचार गर्दै इन्द्रचोकमा कोण सभा गरेका थिए । उनको त्यो गाइजात्रे प्रचारले केवलकार व्यवस्थापनलाई समस्या परेन । नेपाल बैंकको ऋण सहयोगमा उक्त केवलकार बनेको थियो ।

अहिले उनी ५ करोड हिनामिना गर्दैछन् । सहकारीहरुबाट जनताको पैसा ठग्ने प्रतिस्पर्धा चल्दा कामनपा वडा नं. ३ को नौलखा सहकारी, टोखा ५ को मौलिक सहकारी पनि चर्चामा छन् । नौलखा सहकारीका अध्यक्ष शेखर श्रेष्ठ गत मंसिरमा सम्पन्न चुनावको समयमा माओवादी त्यागेर एमालेमा प्रवेश गरेका हुन् । नौलखका श्याकाजी तिमिल्सिना अर्काे संचालक हुन् ।

सहयात्री शेखर एमाले भएपनि श्यामकाजी माओवादीमै छन् । सहकारीको पैसा ठग्ने एमालेको काठमाडौं जिल्लाका अध्यक्ष पनि हुन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको हनुमान भएबापत उनले जिल्ला पार्टी अध्यक्ष पाएका हुन् । सहकारी भित्र व्यापक लुटतन्त्र छ, जहाँ सहकारी विभागका कर्मचारी खामबन्दीमा रमाउँदा निगरानी हुन सकेन । जनताको पैसा डुबेको छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *