रसुवा भन्सारमा उर्केन तामाङको आतङ्क

समाचार

रसुवा गोसाइकुण्ड गाउँपालिका वडा नंम्बर १ का अध्यक्ष्य उर्केन छिरिङ तामाङको आतङ्क बढेको छ ।
बाहिर जिल्लाका व्यवसायी तथा मजदुरहरुलाई चीनतर्फ प्रवेशका लागि अध्यागमन कार्यालयले दिएको पास वडा अध्यक्ष्य तामाङले खोस्न थालेका छन् । अध्यागमन कार्यालयको छाप र अधिकृतको हस्ताक्षर भएको प्रवेश पास खोसेर मजदुरलाई अलपत्र पारेको गुनासो पछिल्लो समय बढेको छ ।

केरुङ नाका वडा नम्वर दुईमा पर्ने भए पनि तामाङले पास खोसेको मजदुरहरुले बताए । झण्डै तीस जना मजदुरको पास खोसएको कारण सिन्धुपाल्चोक लगायतका जिल्लाबाट गाडी लिएर त्यहाँ पुगेका मजदुर अलपत्र परेको एक जना चालकले बताए ।

अध्यागमन कार्यालय रसुवाको समन्वयमा रसुवाभन्दा बाहिरका मजदुरलाई चीनतर्फ जानका लागि नेपाल चीन सीमाक्षेत्रका बासिन्दाका लागि अनुमतिपत्र दिने व्यवस्था मिलाइएको छ । सो पत्र पनि जनप्रतिनिधिलेनै खोसेपछि राज्य नै नभएजस्तो अनुभव भएको एक चालकले बताए । यस बिषयमा उजुरी गरे पनि स्थानीय प्रशासनले पनि खासै सुनुवाई नगरेको तीस जना मजदुरहरु बताउँछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *