ओलीको बोलीले माधवलाई पिर

राजनीति समाचार

काठमाडौं । पार्टीको जग कमजोर छ, अस्तित्व पनि बचाउनु छ । सरकारमा कांग्रेस र माओवादीले जतिसुकै पेले पनि सहनु परेको छ उपेन्द्र र माधवलाई । १२ सिटे र १० सिटे पार्टीको धम्की पनि सरकारका लागि ठूलो मान्नैपर्छ । कांग्रेसको भर छैन । एमालेको पथले गरेका भ्रष्टाचार र कांग्रेसले गरेको भ्रष्टाचारको विषय मिलेका छन् ।

यी दुई पार्टीले सरकार बनाउने भन्दा माधव र उपेन्द्रको सातो लगेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसबाट डा.आरजु राणा, मञ्जु खाँड छानबिनमा तानिने छन् भने एमालेकी नैनकला थापा, रामेश्वर स्थापित, राजेश्व बज्राचार्य तानिनै पथ्र्याे । तर केपी र देउवाले प्रधानमन्त्रीलाई धम्क्याए । यी दुबैका परिचित थिए, बेचन झा जो भारतीय नागरिक हुन् । जसपाका उपेन्द्र यादव, समाजवादीका माधव नेपाललाई भुटानी शरणार्थी प्रकरणमा आफ्नो पक्षका नपर्दा ढुक्क बनाएको छ ।

तर यिनलाई सरकारको तहबाट बजेट निर्माण गर्दा पनि सोधपुछ भएन । बजेटमा भेदभाव भएको कुरा कांग्रेसभित्रैबाट असन्तुष्टि प्रकट भयो । त्यसपछि जसपा र समाजवादी झल्याँस भए । कम्युनिष्ट पार्टीको नेता प्रधानमन्त्री छन् । त्यसलाई गिराएर कांग्रेससँग कसरी सत्ता सहकार्य गर्ने भन्ने चिन्ता केपी ओलीलाई भएन । उनी माओवादी र समाजवादीलाई सिध्याउन पाए आफु बलियो भइन्छ भन्ने केपी ओलीको छ भने त्यो गलत हो ।

रवि लामिछानेको पार्टीमा जाने एमालेकै धेरै छन् । कांग्रेसका डा.स्वर्णिम वाग्ले रास्वपामा गएर चुनाव जितेका छन् । एमालेका केपीलाई आफ्नो हैकम धान्नै सकस छ । संगठन छैन, केन्द्रीय सदस्यहरुको कार्य विभाजनले समेत गोकुल बाँस्कोटा, प्रेम राई, अरुण नेपालहरु आक्रोशित हुँदा निवर्तमान राष्ट्रपति विद्या भण्डारी प्यानलका महासचिव शंकर पोखरेल, सचिव योगश भट्टराई, गोकर्ण विष्टहरुको कित्ता छुट्टिँदैछ । जसपा र समाजवादीको गनगनलाई सरकाले सम्बोधन गर्ने हो भनेको छ ।

छोडौं कार्यकर्ताको प्रभाव छैन, नछोडौं बोलियो । अहिले जसपा र समाजवादीको कथा व्यथा त्यही हो । केपी ओलीले सरकार फेर्ने हल्ला चलाउँदा आपत्ति तिनैलाई भएको छ । जसको संगठन छैन, राष्ट्रिय पार्टी बनेको छैन । यही बेला एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपाने, सचिव भागवत विस्वासी स्थायी कमिटी सदस्य चुडामणि जंगली पोलिटव्यूरो सदस्य यदुवंश झा, केन्द्रीय सदस्य हिरा केसीसमेत २ दर्जन नेता कार्यकर्ता एस छाडेर एमालेतिर लाग्दा अध्यक्ष माधव पीडित भएका छन् ।(तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *