डा.शेखर र गगनको सम्बन्ध बिग्रँदै

राजनीति समाचार

काठमाडौं । कांग्रेसमा महामन्त्री गगन थापा र वरिष्ठ नेता डा.शेखर कोइराला बिचको सम्बन्ध भत्केको छ । बोल्ने क्रान्तिकारी काममा मने खल्ती शैली देखिँदै गएपछि गत चुनावमा गगन र रवि लामिछानेको ट्याकल देखेका डा.शेखरले आफ्ना सम्बन्ध बरु सभापतिसँग जोड्न चाहे गगनप्रति विश्वास गरेनन् । कांग्रेसमा महामन्त्री दुईजना छन् ।

दुबै जनाले उठाएका विषय सभापति देउवाले सुन्न छाडेका छन् ।बालकृष्ण खाँडमाथि लागेको काण्डमा डा.आरजु जोडिएकै छन् । प्रहरीको सरुवा बढुवा गर्दा गृह मन्त्री थपना भए । डा.आरजुका पिए प्रकाश देउवाको स्वीकृति नभएसम्म काम हुँदैनथ्यो । त्यो सबै बुझेको प्रहरीले खाँडलाई पक्राउ गर्दा इगो साँधेको थिएन । पैसा लिएको थिएन भने खाँडले आङटावा शेर्पालाई १ करोड क्यास सन्दिप भण्डारी, सन्देश शर्मालाई फिर्ता गर्न लगाउँदैनथे । शेर्पाले ७० लाख आँफैले खाए, ३० लाख फिर्ता गरेको कुरा चल्यो ।

सभापति देउवाका खास उत्तराधिकारी खास उत्तराधिकारीको रुपमा लिइने बालकृष्ण खाँड पछिका पूर्णबहादुर खड्का विश्वासिला हुन् । डा.प्रकाशशरणलाई मन्त्री दिन देउवाले चाहेका थिएनन् । डा.नारायणकाजी खड्का र ज्ञानेन्द्र कार्की चुनावी सरकारसम्म मन्त्री नै भएकाले अर्थमन्त्री बन्न डा.महतलाई सहज भयो ।

झापाका केशव बुढाथोकी पनि दबाब दिने ठाउँमा भए । केशवलाई लामो समय कोइराला परिवारमा पसेपछि केशवको कित्ता देउवातिर आउनुप¥यो । अर्जुननरसिंहहरुलाई भारतको एउटा लविले बोक्यो । अहिले नेपाली कांग्रेस भित्रको कता भन्ने लडाइँ चम्किँदा डा.शेखरले भावी सभापतिको लागि देउवाकै साथ लिँदैछन् ।

गगन थापाले आफु कता लाग्दा सेफ भइन्छ त्यो हेर्दा हेर्दै आगामी चुनावमा सांसद पद नै गुमाउने अवस्था सिर्जना हुँदैछ । किनकी महामन्त्रीको ध्यान संगठन विस्तारमा हुनुपर्छ । तर गगनको ध्यान नेता भिडाउने र आफुले स्वार्थ पुरा गर्नेतिर रहेको छ । नेविसंघ र तरुण दल संयोजकको भरमा छन् । किसान महिला संघमा नेतृत्व छ । तर सक्रिय छन् ।

भागवण्डामा सबैतिर देउवा र डा.शेखर मिलेका छन् । गगन शेखरलाई देउवासँग जुधेर पार्टीमा भाँडभैलो चाहन्थे । तर वंशीय परम्परा खोजेका कोइरालाले त्यो चाहेनन् । सुजाता र डा.शशांकले समेत साथ दिएका छैनन् । महामन्त्री गगन यसरी पत्तासाफ होलान् भन्ने विश्वास धेरैको थिएन । कतिपय कुरामा उनी आफै फसे । जागरण अभियानमा उनी गएका थिएनन् । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *