वायुसेवामा युवराजको कमिसन तहल्का

राजनीति समाचार

काठमाडौं । राज्यको सम्पत्ति संरक्षण गर्नु कता हो कता त्यसमा निजी क्षेत्र प्रवेश गराएर खल्ती भर्ने योगेश भट्टराईको योजना तुहिएपछि नेपाल वायुसेवा निगम जागेको छ । पर्यटनमन्त्री सुदन किराँतीलाई मोह जालमा पारेर युवराज अधिकारीले ३ वटा जहाज आँफैंले किन्ने हौवा फैलाएका छन् । जबकि निगम आँफै ४० अर्ब ऋणमा छ । इन्जीन मर्मत गर्न नसकेर मलेसियामा थन्केको जहाज चलेको छैन । तर युवराजको कमिसन फलेको छ । भाडामा इन्जिन लिँदा कमिशन आएको छ ।

स्व.रविन्द्र अधिकारीले निगममा २५ प्रतिशत शेयर लिएर यति एयरलाई भित्र्याउने तयारी गर्दा गर्दै यतिका मालिकसहित हेलिकोप्टर दुर्घटनामा परेर ज्यान गयो । त्यही ठाउँमा योगेश भट्टराई मन्त्री भए । उनले निगम सुधार्नुको सट्टा बतासलाई पशुपति धर्मशाला र दरबारको बाहिर भट्टी चलाउन दिने सही छाप लगाए । एमालेका १२ भाइका योद्धा योगेशले स्थापना गरेका धर्मशालाको होटल र दरबारको भट्टी माथि धावा बोलेका प्रेम आलेले मारवाडी समुदायले १५ लाख भाडा मासिक लिएर पशुपत क्षेत्र विकास कोषलाई मासिक ४१ सय भाडा बुझाएर गरेको भ्रष्टाचारको पत्तो पाएनन् । भारतीय तिर्थालुले भरिएको गौशाला धर्मशालाको लफडा छैन ।

त्यहाँ मारवाडी सेवा समाज भ्रष्ट बन्दैछ । यता पर्यटनमन्त्री सुदन किराँती आफ्नै बद्नाम गर्ने युवराज अधिकारीको भ्रममा परेका छन् ।
अहिले प्रेम आले चम्कनुको कारण हो हवाई उडड्यनको नियामक निकाय वायु सेवा निगमलाई लुटेर हिमालय एयरलाई कार्गाे व्यापार दिलाउन सफल प्रदीप अधिकारीको लगानी आलेले दिलाएको महानिर्देशक पद भजाएर देशका ठूला एयरपोर्टमा दादागिरी देखाइँदैछ ।

अधिकारीले २० करोड खर्चेर पाएको त्यो पदमा वर्तमानमन्त्री सुदन किराँतीले कैँची लगाउने योजना बनाउँदैछन् । नियमनकारी निकाय आइकाओले कालोसूचीबाट नेपाली उडानलाई हटाएको छैन । त्यसको जिम्मवार नागरिक उडड्यन प्राधिकरणले लिनुपर्दछ ।

तर महानिर्देशक अधिकारी सो पदमा आउँदा मन्त्रीलाई ५ करोड, नेपाली कांग्रेसका शेरबहादुर देउवालाई ५ करोड, समाजवादीका अध्यक्ष माधव नेपाललाई ५ करोड, माओवादीलाई ३ करोड, तत्कालीन सचिव महेश्वर न्यौपानेलाई २ करोड खर्च गरेको कुर्सी सुरक्षित छ ।
पैसा खर्च गरेर चुनाव जितेका प्रेम आलेले आँफैंले गिजोलेको पशुपतिको जग्गाको निकै चर्चा गर्छन् ।

उनी आफैं माफिया भएकाले पर्यटन, संस्कृति तथा नागरिक उडड्यन मन्त्रालयले वायु सेवा निगम भित्रका भ्रष्टहरुलाई भने चीनबाट ल्याइएका ५ वटा जहाज थन्काएर नयाँ जहाज किन्ने तयारी गर्नु नौलो होइन । किराँती मन्त्री भएर आएपछि निगमले ४ अर्ब कमाएर ३ अर्ब ऋण तिरेको दाबी गर्दैछ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *