डा.रामवरणकै बाटोमा रामचन्द्र

राजनीति समाचार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्चको बिल आँफैले भुक्तानी गर्ने बताएको तीन महिनामै परराष्ट्रमार्फत ५५ लाख २ हजार २७९ को बिल तिर्न लगा इएको छ । पौडेल गत वैशाख ६ देखि १७ सम्म भारतको अल इन्डिया मेडिकल इन्स्टिच्युटमा उपचार गराएका थिए । राष्ट्रपति र उपराष्ट्रपतिको सेवा सुविधा सम्बन्धी ऐन, २०७४ ले व्यवस्था गरेअनुसार पाएको सुविधा प्रयोग गर्न नेताहरुले जनस्तरमा आलोचना सहेर पनि छाडेका छैनन् ।

स्वास्थ्य उपचारका नाममा धेरै राज्य कोष हात पार्ने नेकपा एमालेका अध्यक्ष नै हुन् ।राष्ट्रपति पौडेलको सचिवालयले उपचार खर्च आफैंले बेहोर्ने बताएका थियो । पाएसम्म राज्यको स्रोतबाट खर्च गर्ने प्रवृत्तिको विकास भएको छ । लोकतन्त्र त नेताको हो, जनताको होइन भन्ने प्रमाणित गरिएको छ । कांग्रेस र एमाले नै राज्यको स्रोत हजम गर्ने भ्रष्टाचार बढाउने हुन् ।

देशको स्वास्थ्य र शिक्षाको क्षेत्र व्यापारिकरण गर्ने वीर अस्पताल, पाटन, टेकु अस्पतालको सेवा विस्तार सुधार गर्न नचाहने दलका नेताले नै गणतन्त्र आफ्नै लागि भएझैं गरेका थिए । डा.रामवरण यादव कांग्रेस नै हुन् । यादवले कति लिए, त्यो छर्लंग छ ।लोभी पापी चरित्रको भण्डाफोर हुँदा एमालेका अध्यक्ष केपीले सिंगापुरको स्वास्थ्य परीक्षण खर्च देशमा व्यापार गरेर राज्यलाई कर नतिर्ने एनसेलका सतिशलाललाई तिराएका थिए । राज्यबाट धेरै रकम लिएका केपी ओली असफल साबित भए ।

ओलीको ४१ महिने सत्ताकालमा जनताले राहत पाएन । तर नक्कली समृद्धि र विकास भने देशभर अलपत्र भयो । डा.रामवरण स्मरणीय छ, डा.रामवरणले घर खर्च भनेर २५ लाख हजम गरेको गत कात्तिकमा हो । उपचारका नाममा डा.यादवले पटक पटक गरी ३ करोड ५ लाख लिएका थिए भने हालसम्म ६ करोड कटाएका छन् । राष्ट्रपति रामचन्द्रका सुरुको रिहर्सल मात्र हो ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *