सच्चिएला त एमाले पार्टी ?

राजनीति समाचार

काठमाडौं । चितवन महाधिवेशन केपी ओलीमय बनाएर केपीकै कृपामा टिके पदाधिकारी बनेका र अरुलाई देखाउन सर्वसम्मत नेतृत्व चयन भएको बनाएर इन्द्रका अगाडि स्वर्गको बयान भएका अध्यक्ष केपी ओली सच्चिने होलान् ? केपीको हुकुमी तुजुकले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिव बाहेक उपाध्यक्ष र उपमहासचिव मात्र होइनन्, सचिवहरुलाई समेत कार्यक्षेत्र तोकेर दिलाइएको गृहकार्यको रिपोर्ट आएपछि त्यो पार्टीका अध्यक्ष तर्सेका छन् । एमालेमा अध्यक्षको बोली नै कानून बन्ने ओलीको एकल निर्णय नै विधानअनुसार मान्नुपर्ने बाध्यता छ ।

आफ्नै पहलमा आफैंले बनाएको प्रचण्ड नेतृत्वको सरकारको एक्लो कमाण्डर बनेर रास्वपा र राप्रपालाई सिंहदरबारको सूचक बनाएर प्रधानमन्त्रीको क्षेत्राधिकारीमाथि अंकुश लगाउने ओलीको दाउपेच १७ दिनमै खरानी भयो । त्यो पनि अरुको कारण होइन ओलीकै कारण हो । सरकार चलाउन पुग्ने बहुमत सांसद भएकै बेला अध्यादेशबाट सरकार चलाउँदै संसद भंग गरेका ओलीलाई सर्वाेच्च अदालतमा दुईपटकसम्म संसद भंग असंवैधानिक भनिसकेपछि पुस २६ गते आफ्नो निर्णय सही सावित गर्न संसद भंग गर्नु प्रधानमन्त्रीको नैसर्गिक अधिकार भएझैं भाषण गरे । केपीकै कारण नेकपा फुटेको हो । माधव नेपाल र पुष्पकमल दाहालले एमालेमा अपमान सहेका हुन् ।

एमालेलाई केपी ओलीले सर्वाेच्चका न्यायाधीश कुमार रेग्मीलाई प्रयोग गरेर पार्टी फुटाउन लगाएका हुन् । कांग्रेसी न्यायाधीश रेग्मीले कांग्रेसलाई सघाएको देखियो । झण्डै दुई तिहाईको जनमत छिन्नभिन्न भयो । विष्णु पौडेलले बालुवाटारमा ८ आना जग्गा किन्ने हैसियत कसरी बनाए ?
चुनावमा एमाले एक्लै लडेको दाबी गरेपनि त्यो पार्टीले मधेसमा जसपा शहरी क्षेत्रका जिल्लामा राप्रपासँग सहकार्य ग¥र्याे । परिवार दल, चुरे भावर, संघीय लोकतान्त्रिक मञ्चसँग स्थानीय तहमा गठबन्धन गर्दा सात दलको मोर्चा बनाएको थियो । भन्नका लागि केपी अहिले पनि हामी एक्लै लड्यौं भन्छन् ।

०८४ को चुनावमा एक्लै बहुमत ल्याउने केपीको घमण्डमा उनकै कार्यकर्ताले सदस्यता नवीकरण नगरेकोमा चिन्ता छैन । घरघरमा एमाले टोलटोलमा एमालेको नाराले ४१ महिने शासक बन्दा जनतालाई के राहत दियो ? किनकि एमालेसँग उत्तर छैन । पार्टी सामुहिकतामा छैन । व्यक्तिको हुकुमबाट चलेको पार्टीले देश र जनताको सेवा कति गर्छ ? केपीका निकटहरुले पार्टीले देश र जनताको सेवा कति गर्छ भन्दैछन् ? एमालेले सत्ताकालको नीतिगत लुटले कम्युनिष्टको बद्नाम कति ग¥यो ? एकतामाथि गद्दारी किन ग¥र्यो ।

पार्टी विभाजनले गरिबको हित कति भयो त्यसै बने बालकोटमा जुम्ल्या टावर ? विपक्षी दल भ्रष्टाचार छानबिनमा किन तर्सन्छ । नक्कली भुटानी शरणार्थी काण्डमा कांग्रेस र एमाले बराबर छन् । मिटर ब्याज प्रकरण सहकारीको ठगी सम्बन्धी उजुरीमा एमाले तर्सन किन प¥यो ? कस्ता व्यक्तिले चुनावमा टिकट पाएर जित हासिल गरे भागेर कता पुगे यस्ता प्रश्न जवाफ मिसन ग्रासरुटका कमाण्डरले दिएका थिएनन । एमालेको संगठन बढ्छ कसरी ? इश्वर पोखरेल हिडेर पार्टी बन्दैन ।

भ्रष्टाचारविरुद्ध एमाले एक ढिक छ भन्दा कुराको चुरो आउँदैन । केपीको भजन गाएर पद पाएकाहरुले जनतामा आश्रित एमाले बनाउन धेरै पापड पेल्नु पनि पर्छ । ओलीका सेवक भएर राज्य लुटेका थन्कुनपर्छ, न कि दयालबहादुर शाहीजस्ता हिडेर पार्टी बन्छ ? यो अवस्थामा नेकपा एमाले यतिखेर गाउँ शहर सूर्यको लहर अभियानमा लाग्दा गल्ती स्वीकार्न कति सक्छ भन्ने विषय प्रमुख हो । वामपन्थी एकता नभएसम्मको यो संरचनामा एमाले एक्लै बहुमत ल्याइन्छ भन्ने कुरा बाजेले घ्यू खाए मेरा हात सुंघ भनेजस्तै हो । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *