राष्ट्रिय विपद् प्राधिकरणमा प्रमुख पोखरेलको बद्मासी

राजनीति समाचार

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले पदको दुरुपयोग गर्दै आएका छन् । उनले आफ्नो भ्रमण आदेशमा आफै सही गरी रकम भुक्तानी लिने गरेको भेटिएपछि टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको बुझिएको छ । टंगालले उजुरीपछि यो बिषयमा के कसो भएको हो ? भन्दै प्राधिकरणसँग जानकारी मागेको प्राधिकरण स्रोतले जनाएको छ ।

प्राधिकरणको सवारी साधनमा समेत कार्यकारी प्रमुखले बदमासी गरेको बताइएको छ । दिन भरी कार्यालयमै बस्ने गरेका अनिल पोखरेलले छोरीको लागि आफूले प्रयोग गर्ने सवारी साधन पठाउने गरेको कर्मचारीहरु बताउँछन् । दिन भरी नै घरायसी कामको लागि सवारी साधन प्रयोग गर्ने र कार्यालयको कामलागि तोकिएका हलुका सवारी चालकलाई घरको काममा लगाउने गरेको प्राधिकरण श्रोतबाट जानकारी प्राप्त भएको छ। उनले मासिक इन्धन वापत पनि सेवा सुविधा अनुसार पाउने भन्दा निकै बढी इन्धन लिने गरेको र अन्य कर्मचारीलाई इन्धन सुविधा कटौती गरेको प्राधिकरण स्रोतले जनाएको छ ।

हाल इन्धनको बजेट सकिएकोले सहसचिव रामेश्वर मरहट्टाले प्रयोग गर्ने गरेको इलेक्ट्रिक सवारी साधन र निजले प्रयोग गर्ने सवारी साधन समेत घरको काममा प्रयोग गर्दै आइ रहेको प्राधिकरणले जनाएको छ । सचिवालयका एक कर्मचारीका अनुसार पोखरेलले प्राधिकरणको सुधारको साटो प्राधिकरणलाई विगार्दै लगेको र प्रशासन प्रमुखहरूको सिफारिस भन्दा आफ्नै अडानमा कामको अनुभवी, कार्यालयमा लामो समय सेवा गरेका कर्मचारी भन्दा आफ्नो चाकडी र चाप्लुसी गर्ने कर्मचारीलाई सेवा सुविधा दिने र वैदेशिक भ्रमणमा जाने अवसर दिने गरेको आरोप लगाउँछन्,कर्मचारीहरु ।

पोखरेलले निजामती सेवाका कर्मचारीलाई भन्दा एनजिओ र आइएनजिओका कर्मचारीलाई बढी मन पराउने गरेको उदाहरण नै सचिवालयमा कार्यरत दुई शाखा अधिकृतबाट हेर्न सकिन्छ । दुवै शाखा अधिकृतले कार्यकारी प्रमुखको काम र व्यवहार राम्रो नभएको कारण आफ्नो पहलमा सरुवा माग गरी प्राधिकरण छोडेर अन्यत्र सरुवा भएर गएको उहादरण नै छ। हालै सम्पन्न भएको कार्यकारी समितिको बैठकमा समेत उपप्रधान एवम् गृह मन्त्रीले प्रश्न गर्दा जवाफ दिन नसकेर सहसचिव रुद्रसिंह तामाङले म अलिकति स्पष्ट पार्छु भन्दै मन्त्रीलाई स्पष्ट पारेका थिए।

सायद कार्यकारी प्रमुखलाई नेपाली राम्रोसँग बोल्न नआएर होला भन्दै हस्यौली गर्दै एक कर्मचारीले भने। कार्यालयको काम गरे पो कसरी ब्रिफ गर्ने भन्ने आउँछ खाली आइएनजिओको दलालको काम गरी कताबाट पैसा ल्याउने र कुम्ल्याउने भन्ने मात्र चिन्ता भए पछि के बोल्न जान्नु ? ती कर्मचारीले आक्रोश थपे । तातो हावा चलेर तराईमा लु चलिरहेको छ । बाढी पहिरोले उतिकै विनाश निम्त्याइ रहेको छ । यस्को कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने चिन्ता छैन कार्यकारी प्रमुखलाई कताबाट कसरी पैसा तान्न सकिन्छ भन्ने मात्र चिन्ता देखिन्छ । कार्यक्रममा पैसा त ल्याउनु होला काम चै के गर्नु हुन्छ ? भन्दै मन्त्रीले सोध्दा उनी कालो निलो भएका थिए ।

पछि कार्यकारीको तयारी नै पुगेको रहेनछ । कार्यविधि स्वीकृति गर्ने विषयमात्र टुङ्ग्याउ भन्दै बैठक सकाएर मन्त्री नारायणकाजी श्रेष्ठ बैठकबाट उठेका थिए । कमिसन कहाँबाट बढी आउँछ भनेर ढुकेर वसेका हुन्छन उनी । प्राधिकरणको समयमा कुनै काम नसक्ने र आइएनजिओको पैसा कसरी आफ्नो गोजीमा आउछ भन्ने विषयमा खोजी गर्ने जस्तै कार्यविधी÷कार्ययोजना एंव कार्यक्रम गरेर हुन्छ की भनेर विभिन्न होटलमा चाहार्ने र बैठक गरी कार्यालय समय सक्ने गरेको पाईन्छ। उदाहरणमा हालसालै निर्मित सभाहलले नै देखाउछ ।

के गर्दै छ जिम्मेवार निकाय अनुगमन र सुपरिवेक्षण कस्ले गर्ने हो, कसरी गर्ने हो दातृ निकायले नेपाल सरकारलाई दिएको ऋणकोको भारी हामी सबै नेपालीको थाप्लोमा पर्ने तर कार्यकारी प्रमुखले खाली विदेश र स्वदेशको होटेलमा ऋणको पैसा सक्ने ? फेरि आफ्नो भ्रमण आदेश आफै स्वीकृत गरी । यसमा यो तालुक निकाय गृह मन्त्रालयले पनि अनुगमन गर्नु पर्ने हो कि ? निजको काम चित्त नबुझे वा अनुचित काम गरेको भएको निजलाई कुनै पनि वेला पदबाट हटाउन सक्ने व्यवस्था विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ मा भएको व्यवस्था अनुसार हटाउन प्रकृयासमेत ध्यान पो दिनु पर्ने हो कि प्राधिकरणकै अर्का कर्मचारी थप्छन् । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *