काठमाडौं । आन्दोलनको समय होइन, संगठन सुदृढीकरण जनसम्पर्क, सम्बन्ध विस्तार गर्ने पार्टीका सैद्धान्तिक रणनीतिक प्रशिक्षणको बेला हो यो । तर देशका राजनीतिक दलहरको ध्यान सत्ता स्वार्थ र राज्यकोष लुट मै केन्द्रीत छ । देश आर्थिक रुपमा जर्जर छ, महंगी र कालो बजारले देश तहसनहस भएको छ । नेताहरुलाई सत्ता र कुर्सी प्राथमिकता नै प्यारो बन्दा सरकारका काम जनपक्षीय भएका छैनन् । देशका कम्युनिष्टहरु भ्रष्ट र सत्ता लम्पट भएका छन् । कम्युनिष्ट नेताको डाहा र इष्र्या स्वार्थसँग जोडिएका छन् । देशको हित जनताको सेवामा नेतृत्व नलाग्दा सबै तह, सबै क्षेत्र तहसनहस भएका छन् ।
सत्ता गठबन्धनविरुद्ध चुनावको बेला राप्रपा, परिवार दल, हृदयेश त्रिपाठीको प्रगतिशील मोर्चा, जसपा पार्टीसमेत ५ दलीय गठबन्धन बनाएको नेकपा एमाले हामी एक्लै चुनाव लडेर ठूलो पार्टी भएका हो भनिरहेको छ । एमालेले संघमा ७८ सिट जितेको हो भने प्रदेश तहको गण्डकीमा २२, कोशीमा ४०, मधेशमा २३, बाग्मतीमा २७, लुम्बिनीमा २९, कर्णालीमा १० सुदूरपश्चिममा १० सांसद रहेका छन् ।
मोर्चा बनाएर चुनाव लड्ने भन्दा हामी एक्लै चुनाव लडेका हौं । अझै एक्लै लड्छौं भन्दै ठाउँअनुसार एमाले नेताहरुले भाषण गर्छन् । यो फट्याइँ कुरामा एमालेका ठूला नेता चर्चित छन् । नेताकै कारण वामपन्थी सरकार बन्न नसकेको हो ।
केपी ओलीको छुद्रताले वामपन्थीको नेतृत्व छिन्नभिन्न भएको छ । ओली को घमण्ड थिएन भने एमालेले कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिममा सरकार त्याग्नुपर्ने थिएन । मधेसमा एमाले पहिलो भएर पनि सरकारको मुख्यमन्त्री पाएकै थियो ।एमालेको संसदीय मोर्चामा आफ्ना क्षमता देखाउने नाममा घमण्डीपन प्रदर्शन ग¥यो । केपी ओलीले बढी बाठो हुँदा पार्टी संगठन पनि बिग्रेको छ । ६० प्रतिशत सदस्यता नवीकरण ४० प्रतिशत पनि छैन ।
असार भित्र नवीकरण गर्नुपर्न समय राखिएको एमालेमा संगठन विस्तार गर्ने कुरा कल्पना बाहिर पुगेको छ । कुनै पनि दप्रति युवा आकर्षण छैन । एमाले जनतामा आधारित पार्टी भन्छ । तर जनताको पक्षमा महंगी नियन्त्रण बेथितिको बारेमा एमाले बोल्दैन । केवल कमिशन र बिचौलियाको पक्षमा काम गर्ने पार्टी भनेकै नेकपा एमाले बनेको छ । सरकारमा गयो भ्रष्टाचारी र बिचौलियाको फन्दामा फस्यो । पार्टी विभाजन गर्दाको तितो अहिलेसम्म एकीकृत समाजवादीसँग पोखेको नेकपा एमालेले पार्टी एकीकरण भन्दा व्यक्ति तानेर माधव नेपाललाई एक्ल्याउनेतर्फ जोड दिएका छन् ।
झापा आन्दोलनका सहयात्रीहरु मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली, चन्द्रप्रकाश मैनालीले केपीको आचरण शैली र चिन्तनका बारेमा भनेको कुरा र ओलीको मित्रवत व्यवहारमा देखिएको दुष्टयाइँ मिल्छ । आन्दोलनभन्दा पद र कुर्सी नै दर्ज गर्न गरेका कारण नेपालका दलहरुप्रति युवा आकर्षण क्रमश घटेको हो ।
राजनीतिमा दलहरुप्रतिको आकर्षण युवा जमातमा नहुनु केन्द्रदेखि स्थानीय तहसम्मको प्रवृत्ति बिचौलिया पथमा जोडिनु हो । विद्यार्थीले शिक्षामा सुधारतर्फ ध्यान नदिने युवाले रोजगारीध्यान नदिने, किसानको समस्यामा किसान महासंघ नबोल्ने महंगी र भ्रष्टाचारमा पार्टी नबोल्ने भएका कारण दलीय आकर्षण घटेको छ । नेकपा एमालेको सदस्यता नवीकरणको म्याद थप्दै असारमसान्त सम्मको समय तोक्नुको कारण केन्द्रीय नेतृतवको लापरवाही नै हो । (तामाकोशीसन्देशबाट)